बैशाख २६, २०८१ बुधबार

विरोधीहरुपछि हटेपछि मेचीको नयाँ भवनमै कोरोना अस्पताल बन्ने निश्चित

बिर्तामोड । मेची अस्पतालको नयाँ भवनमा अस्थायी कोरोना अस्पताल बनाउने विषयलाई लिएर अग्रभागबाट विरोध जनाउनेहरु पछि हटेका छन् । विरोधीहरु पछि हटेपछि नवनिर्मित भवनमै अस्पताल बन्ने भएको छ । जिल्ला स्तरीय समितिले अस्पताल बनाउने निर्णय सार्वजनिक गर्नासाथ उनीहरु विरुद्धमा उत्रिएका थिए ।

अस्पताल नजिकै रहेका नागरिकलाई देखाएर विरोध गरिएपनि नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको अभिव्यक्तिअघि कसैले विरोध जनाएका थिएनन् । सिटौलाको अभिव्यक्ति आएको भोलीपल्ट सिटौलाका कार्यकर्ताले भेला आयोजना गरेर अस्पताल बनाउन रोक्ने अडान राखेका थिए । झापाका बुद्धिजीवीसहित कांग्रेस झापाका सभापति उद्वव थापा लगायतले सोहि भवनमा अस्पताल बनाउन उपयुक्त हुने धारणा राख्दै आएका थिए ।

स्थानीय केहि नागरिक र कांग्रेस समर्थकले विरोध जनाएपछि अस्पताल निर्माणमा समस्या भइरहेको थियो । अहिले विरोध जनाउनेहरुले विश्व स्वास्थ्य संगठनको मापदण्डमा अस्पताल बनाए सहमति जनाउने बताइरहेका छन् । तर, सो भवनमा कोरोना अस्पताल बनाउने निर्णय गर्दै मापदण्ड पुरा गर्ने सहमति भइसकेको थियो ।

कोरोना अस्पताल बनाउन रोक्ने गरी स्थानीय भक्त खवासको नेतृत्वमा नागरिक सरोकार समाज नाम गरेको समिति समेत बनाइएको थियो । जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा समन्वय समितिले सर्वपक्षीय छलफलबाटै मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षणको प्रयोगशाला बनाउन निर्णय गरेको थियो ।

जिल्लास्तरीय समितिले स्थानीयस्तरमा छलफल गरेर अस्पताल बनाउन निर्णय गरेको भए विरोध उठ्ने थिएन, एक स्थानीय भन्छन्, – यहाँ हावाबाट नै कोरोना फैलिन्छ भन्ने चेतना रहेछ । चाहे खाद्य होस्, चाहे कलवलगुरी, हावाबाट फैलने भए अर्को ठाउँको विकल्प किन दिनु ? उनैले प्रश्न गरे ।

खवास लगायतले स्थानीय नागरिकले उठाएको मुद्धालाई राजनीतिकरण गरेकोमा दुःख व्यक्त गरेका छन् । सिटौलाको अभिव्यक्ति लगत्तै कोरोना अस्पताल विरोधी गतिविधि बढेपछि सबैले कांग्रेसले राजनीतिक गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]