बैशाख १४, २०८१ शुक्रबार

बाह्रदशीका पहिलो संक्रमित मुजाहिर आलम भन्छन् – कोरोनालाई जिते, गाउँलेसँग हारे

बिर्तामोड । झापा बाह्रदशी–४ का मुजाहिर आलम कोरोना जितेर घर फर्केको महिना दिन पुग्न लाग्यो । उनी घर फर्किएरपछि नियमति कामकाजमा लागेका छन् । घरको टाटी बुन्नेदेखि कृषिको काममा व्यस्त आलम अहिले आफु ठिक रहेको बताउँछन् । मलाई कुनै असहज महसुस भएको छैन, तपाईले देखिहाल्नु भयो , आमल भन्छन् – केहिबेर अघिसम्म म दाउरा चिर्दै थिए ।

बाह्रदशीको पहिलो संक्रमित आलममा दिल्लीबाट फर्किएपछि कोरोना संक्रमित पुष्टि भएको थियो । कोरोना अस्पताल विराटनगरमा उपचार गरेर फर्किएपछि बेपर्वाह काममै भिडिरहेका छन् । उनले कोरोना जितेर फर्किएपछि गाउँघर र आफन्तमा भने बेग्लै व्यवहार भएको सुनाए । उनले घरको काममा मिस्त्रि बोलाउदा आउदैनन, चर्पि बनाउन बोलाएको मिस्त्रि पनि आएनन् । आफन्तलाई घर बोलाउँदा समेत नआएको उनको गुनासो छ । कोरोनाको उपचारपछि निको भएर आउँदा पनि व्यवहारमा परिवर्तन आएको छैन ।

उपचार गरेर फर्किएको यत्तिका समय भइसक्यो, अझै त्यस्तै व्यवहार छ – आलमले भने । कोरोनालाई जितेपनि गाउँसँग हारेको उनको भनाई छ । कोरोनासँग डराउन नहुने भन्दै उनले आत्मबल बलियो बनाएर लड्नु पर्ने धारणा छ । विरामीलाई सामाजिक रुपमा विभेद नगर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार  ९ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]