बैशाख १३, २०८१ बिहीबार

झापामा कोर्रा हान्दै दलित युवा हत्याको बिरोध

बिर्तामोड । नेपाल राष्ट्रिय उत्पीडित बिद्यार्थी संगठन केन्द्रीय कमिटीले पश्चिम रुकुम घटनाको बिरोध जनाएको छ । आज झापाको बिर्तामोडमा संगठनले आयोजना गरेको बिरोध र्यालीमा कोर्रा हानेर हत्यारालाई कारबाहीको माग गरिएको छ । बिर्तामोड परिक्रमा गर्दै सहभागीले आफैलाई कोरा हानेका छन् ।

बिर्तामोड परिक्रमा गरेपछि कोणसभालाई सम्बोधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष टीका मंग्रातीले दोषीलाई कारबाहीको माग गरेको छन् । उनले नवराज बिकको न्यायमा कुनै जालसाझी भए ठूलो दुर्घटना हुने चेतावनी दिए । उनले नवराजसँगै हत्या भएका युवाको न्यायको लागि सांकेतिक विरोध गरेको जानकारी दिए । दलित मुक्तिको लागि अनेकौ आन्दोलन गरेपनि अझै मुक्ति भएको छैन । अब दलित समुदाय कुनै पनि उत्पीडन सहेर बस्ने पक्षमा छैनौं , मंग्रातीले भने ।


बिर्तामोडमा कोणसभालाई सम्बोधन गर्दै युवा नेता मंग्रातीले सामाजिक रुपमा रहेका सबै किसिमका विभेद अन्त्य गर्न सरकार सक्षम छ कि छैनन्, प्रश्न गरेका छन् । पश्चिम रुकुमको घटनालाई लिएर सामाजिक सञ्जालमा रमाइलो गर्नेहरुलाई चेतावनी दिदैं उनले दलित समुदायको यो मृत्यूको सवाल भएको हुँदा खेलाची गर्नेहरुले मुल्य चुकाउनुपर्ने उद्घोष गरे ।

झापाका दलित संघ संगठनका नेता कार्यकर्ता र सामाजिक अभियन्ता समेतको सहभागितामा गरिएको आन्दोलनमा बोल्दै मंग्रातीले दलित समुदायले विभेद , शोषण र मृत्यू सहेकोले अमनचयन कायम भएको छ । मृत्यू नसहेको दिनको कल्पना गर्न उनले विभेदकारीलाई चेतावनी दिए ।

प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार  ५ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]