बैशाख २८, २०८२ आईतबार

प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण

बिर्तामोड । प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापामा १ जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७ जना पुरुष, धनकुटाको सहिदभूमि गाउँपालिकामा १ जना पुरुष र तेह्रथुमको आठराईमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

विराटनगर र धरानको प्रयोगशालमा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए ।

बुधबार थप १३ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । ती मध्ये ४८ जना उपचार पछि निको भएका छन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार  ४ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]