बैशाख २७, २०८२ शनिबार

बिर्तामोडका एक पुरुषमा कोरोना पुष्टि

बिर्तामोड । झापा बिर्तामोड – २ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएका व्यक्ति हुन् । उनलाई बुद्धशान्तिको क्वारेन्टाइनमा राखिएको थियो ।

बुद्धशान्ति गाउँपालिकाको टोलीलाई ढाँटेर उनले आफु बुद्धशान्ति–४ को नागरिक भएको बताएका थिए । सोहि विवरण अनुसार उनलाई बुद्धशान्ति लगिएको थियो । नाम र ठेगाना नै ढाँटेपछि उनलाई बुद्धशान्तिकै नागरिक भनिएको थियो । तर, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जनप्रतिनिधिलाई उनले आफु बिर्तामोड –२ निवासी रहेको जानकारी गराएका थिए । बुद्धशान्तिका संक्रमित भनिएका व्यक्ति बिर्तामोडका हुन् । उनको उपचारका लागि धरान लगिएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]