बिर्तामोडमा बाख्रा साटासाट
बिर्तामोड । बिर्तामोड नगरपालिकाद्धारा ०७४ सालदेखि सुरु गरिएको नगरप्रमुख पकेट ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तरगत बितरित समूहले अर्को समूहलाई बाख्रा फिर्ता गरेको छ । सो कार्यक्रमले बिर्तामोड नगरपालिकाका कृषि समूहहरुलाई अनुदान स्वरुप बाख्रा बितरण गरेको थियो ।

सो समयमा बितरण गरिएको एउटा समूह बिर्तामोड ९ स्थित नव नमूना बाख्रा पालन समूहले यसरी अर्को समूहलाई बाख्रा फिर्ता गरेको पशु शाखा प्रमुख साबित्राकुमारी दाहालले बताउनुभयो ।
नगरपालिकाले प्रत्येक समूहका १५ जनालाई ३ बटाका दरले बाख्रा प्रदान गरेको थियो । सो कार्यक्रममा नव नमूना बाख्रा पालन समूहकी अध्यक्ष कमला थापाले आफूहरुले नगरपालिकाको नीति बमोजिम यसरी बाख्रा पाठा फिर्ता गरेको बताउनु भएको थियो ।
यसरी प्राप्त ४५ बटा बाख्रा पाठा बिर्तामोड ९ लखिबारी यूवा बाख्रापालन समूहका किसानलाई नगर उपप्रमुख पबित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिबडा, प्रशासन शाखा प्रमुख देबराज कार्की लगायतले बितरण गर्नुभएको पशु शाखाका कर्मचारी बिष्णु भट्टराईले जानकारी दिनुभयो ।
यस कार्यक्रम अन्तरगत किसानहरुलाई खोर निर्माणदेखि बाख्राको बिमा र उपचार सेवा प्रदान गरिदै आएको पशु शाखाले जनाएको छ ।