बैशाख ७, २०८१ शुक्रबार

झापाको भद्रपुर र कचनकवलका ५ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २६३४ पुग्यो

बिर्तामोड । झापामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरका ३ र कचनकवलका २ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै झापामा संक्रमितको संख्या १२३ पुगेको छ । उनीहरुको धरान र विराटनगरमा कोरोना परीक्षण गरिएको थियो ।

यस्तै, थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]