बैशाख १२, २०८१ बुधबार

कचनकवलको क्वारेन्टिन सञ्चालन र व्यवस्थापनमा सेना परिचालन गर्ने निर्णय

भद्रपुर । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको सो गाउँपालिकामा नेपाली सेना परिचालनको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सम्पन्न सो बैठकको निर्णयको ३ नं बुँदा क्वारेन्टिनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने उल्लेख छ । हाल सो गाउँपालिकामा १०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार  ५ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]