बैशाख २७, २०८२ शनिबार

प्रदेश १ मा २०१ संक्रमित, ७८ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश नम्बर १ बाट बिहीबारसम्म ७८ जना कोरोनाभाइरस (कोभिड—१९) संक्रमणमुक्त भएका छन् । बिहीबारमात्रै ३० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रदेश १ मा आज थप १६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा जम्मा कोभिड—१९ पुष्टि भएको संख्या २०१ पुगेको छ । हाल १२३ जना कोभिड–१९ पुष्टि भएकाहरुको उपचारर भइरहेको छ।

प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]