बैशाख २७, २०८२ शनिबार

सुनसरीमा थपिए १६ संक्रमित

इटहरी –  सुनसरीमा शुक्रवार थप १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक प्रयोगशाला कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीको हरीनगरा क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै बर्जु गाउँपालिकाको थप ३ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अव्जरभेसन वार्डमा उपचारमा रहेकी बराहक्षेत्र नगरपालिकाकी १ बालिकामा पनि कोरोना पुष्टि भएको ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको संख्या ३३ पुगेको छ ।यस विषयमा स्वास्थ्य मन्त्रालयले कुनै जानकारी गराएको छैन ।

प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]