बैशाख २७, २०८२ शनिबार

आइतबारदेखि मौसममा सुधार हुँदै जाने

झापा । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुँदै जाने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । 

वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो । 

सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हने गर्दछ । यस वर्ष औषत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ । नेपालमा मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ । 

अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहमम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिए । 

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा र प्रदेश नं ५ र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

दिउँसो प्रदेश नं १, २ र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार देशका धेरै स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही  स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार  ३ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]