बैशाख २७, २०८२ शनिबार

बिर्तासिटीका कार्यकारी निर्देशक भन्छन् – अब आत्तिनु पर्दैन, तिनै जनाको पीसीआर नेगेटिभ आइसक्यो

बिर्तामोड । बिर्तासिटी हस्पिटल बिर्तामोडमा आरडिटी परीक्षण पोजिटीभ देखिएका तिनै जनाको पीसीआर रिपोट नेगेटिभ आएको छ । आरडिटी परीक्षण प्रारम्भ गरेको बिर्तासिटीमा थप १ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका कार्यकारी निर्देशक आनन्द बस्नेतले जानकारी दिए । यसअघि २ जनाको रिपोट नेगेटिभ आएको थियो ।

अस्पतालले आरडिटी परीक्षण शुरु गरेपछि बिर्तासिटीमा कोरोना संक्रमण भेटिएको हल्लाले सर्वसाधारण नागरिक त्रसित भएका थिए । अस्पतालका कार्यकारी निर्देशक बस्नेत भन्छन्, तिनै जनाको पीसीआर नेगेटिभ आएपछि एक किसिमले हामीलाई पनि शान्ति भएको छ ।

बिर्तासिटीमा केहि दिनदेखि डाक्टर र नर्सलाई नै कोरोना देखिएको हल्लाले ठुलो भ्रम सिर्जना गरेको थियो । बस्नेतले बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनका अनुसार हस्पिटलमा सबै किसिमका सेवा पूर्ववत रुपमै सूचारु छन् । उनले तत्काललाई आरडिटी परीक्षण पनि रोकिएको इजलासलाई जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]