सहाराका कार्यकारी निर्देशक गिरीलाई पितृशोक
बिर्तामोड । सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । उनका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा आज साँझ बिर्तामोड–२ चारपानेस्थित निजी निवासमा निधन भएको हो ।
उनका छोरा –वुहारीहरुमा महेन्द्रकुमार–ज्योती गिरी र राजु –मिनादेवी गिरी रहेका छन् । त्यस्तै छोरी –ज्वाईंहरुमा निर्मला – लोकवहादुर भारती र मिना – ध्यानवहादुर भारती रहेका छन् । स्व.गिरीको शनिवार नै कोटीहोमस्थित कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।