बैशाख २७, २०८२ शनिबार

कोरोना संक्रमित प्रहरीको संख्या ३३ पुग्यो, १४ जना डिस्चार्ज

काठमाडौं । सुरक्षा निकायमध्येको एक प्रमुख संगठन नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर कोरोना संक्रमित प्रहरीको संख्या ३३ पुगेको छ ।

जसमध्ये कपिलवस्तुमा कार्यरत प्रहरीमा २, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २, सिराहमा २ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सर्लाहीमा १, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीका अनुसार संक्रमित ३३ मध्ये १४ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।

अन्य सबैको आइसोलेसनमा राखेर विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन भएको र पछिल्लो समय थप सावधानी अपनाउन देशभर निर्देशन दिइएको प्रवक्ता शाहीले बताए । देशभरका सबै युनिटका क्वारेनटाइनमा निर्माण गरिएको र स्वास्थ्यमा समस्या देखिए तत्काल जाँचको व्यवस्था मिलाइएको प्रवक्ता शाहीले बताए ।

प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार  १२ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]