बैशाख २७, २०८२ शनिबार

अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि

शनिश्चरे । झापाको अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना पुष्टि भएको छ ।

नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका अर्जुनधारा – ९ का दुई युवामा कोरोना पुष्टि भएको हो । उनीहरु भारतबाट आएका युवा हुन् ।

कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टाहुँदै उनीहरु आएका थिए । संक्रमित युवाहरुको उमेर २३ र २७ वर्ष रहेको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिसँगै एउटै कोठामा रहेका व्यक्तिलाई थप ७ दिन राखिने भएको छ । उनीहरुको थप पीसीआर परीक्षण गरेर मात्र घर पठाइने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार  ३ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]