बैशाख ८, २०८१ शनिबार

कोरोना संक्रमण रोकथाममा भद्रपुरको गम्भीर त्रुटि : कांग्रेस

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले भद्रपुर नगर सरकारले कोरोना संक्रमण जोखिम नियन्त्रण कार्यमा गम्भीर त्रुटी गरेको आरोप लगाएको छ ।

नगर समितिको बैठक पछि जारी विज्ञप्तिमा कोरोना रोग संक्रमण जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका क्वारेन्टिनमा राखिएका व्यक्तिको रिपोर्ट नै नआई नगरप्रमुख जीवनकुमार श्रेष्ठले तिनीहरुलाई घरघर छोडेर रोग संक्रमणको त्रास फैलाएको आरोप लगाइएको छ । नगर सभापति मोहन महर्जन तथा गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार गणेश पोखरेलले हस्ताक्षर गरी जारी भएको विज्ञप्तिमार्फत् यस्तो आरोप लगाइएको हो ।

घटनाको पृष्ठभूमि केलाउँदै विज्ञप्तिमा भनिएको छः भद्रपुर नगरपालिका वडा नं। १० कलवलगुडीस्थित क्वारेन्टिनमा बसेका भद्रपुर र कचनकवल गाउँपालिकाका ९ जना व्यक्तिहरूमध्ये वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट जेठ २१ गते ६ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिव आएकोमा सबैजनाको परीक्षण रिपोर्ट नेगेटिव आएको भनी स्वयम् नगरप्रमुख श्रेष्ठकै अग्रसरतामा निजहरूलाई गाडीमा राखी घरसम्म पुर्याउनु गम्भीर त्रुटि तथा गैर जिम्मेवार घटना भएको उल्लेख छ ।

कोरोना महाव्याधिले निम्त्याउने संकटबाट नगर र सिंगो समुदायलाई बचाउन नगरप्रमुख र सिंगो नगरपालिकाले खेल्ने भूमिकालाई साथदिन नेपाली कांग्रेस खुल्ला हृदयले तयार रहेको र हाम्रो सम्पूर्ण पार्टी संयन्त्र निरन्तर रूपमा परिचालित रहिआएको समेत प्रष्ट छ भनी विज्ञप्तिमा उल्लेख छ । तर, स्थानीय सरकारले जनताको भरोसाको केन्द्रको रूपमा रहनु पर्नेमा नगरप्रमुखकै यस्तो गैर जिम्मेवारीपन र लापरवाहीलाई प्रवृत्तिको रूपमा विकसित हुनबाट रोक्न सचेत रहन खबरदारी गरिएको छ ।

कोरोना संक्रमित ३ जना व्यक्तिको रिपोर्टसमेत नेगेटिव आएको भनी गरिएको प्रचार गम्भीर लापारवाही भएकाले यसको उत्पत्ति कहाँबाट भएको हो रु नगरपालिकाको स्वास्थ्य शाखा, अरू कुनै व्यक्ति, स्वयम् नगर प्रमुख वा अन्य कुनै व्यक्ति वा निकाय रु शीघ्र छानविन गरी कारबाहीको लागि नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् माग गरेको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार  १२ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]