बैशाख १३, २०८१ बिहीबार

झापामा विचौलियाका कारण गुट्खामा ‘ब्रम्हलुट’

बिर्तामोड । झापाको बजारमा अहिले गुट्खा मधुको ‘कृतिम’ हाहाकार छ । उत्पादन भएपनि बजारमा उपभोक्ताले सहजै र साविक मुल्यमा खरिद गर्न पाइरहेका छैनन् । बजारमा पाइने मौका, भोला, मेघाश्री र निधीमा खरिदकर्ताले बढि मुल्य तिर्नु परेको छ ।

नाज नामक गुट्खा बन्द भएपछि गुट्खाको बजारमा भोलाले कब्जा जमाएको थियो । लकडाउनले भोला बजारसम्म पुर्याउन नसकेपछि मौकाले खोल परिवर्तन गरेर भोलाको बजार हात पार्यो । खैरो रङको खोलमा पाइने मौका लकडाउनअघि नचलेको ब्राण्ड थियो । तर, भोला बजारमा नपाएपछि ठ्याक्कै भोलाकै खोलमा नाम परिवर्तन गरेर मौकाले कब्जा जमायो ।

सुर्तिजन्य गुट्खा उत्पादन गरिरहेको निधी कै कम्पनिले बजारमा ल्याएको मौका शुरुमा प्रति पिस ५ रुपैयाँमा विक्रि भइरहेको थियो । अहिले सोहि मौका बजारमा १० रुपैयाँसम्ममा विक्रि वितरण भइरहेको पाइन्छ । धेरै जसो व्यापारीले मौका २५ रुपैयाँमा ३ पिस विक्रि गर्छन् । बढिमा १० रुपैयाँसम्म प्रति पिस विक्रि भइरहेको मौका सोझै व्यापारीले किन्न पाइरहेका छैनन् ।

खुद्रा व्यापारीका अनुसार विचोलियासँग महंगो मुल्यमा खरिद गर्नुपरेछ । लकडाउनभन्दा अघि मौकाको प्रति बोरा मुल्य १२ हजार ५ सय थियो । अहिले फ्याक्ट्रीमा पनि मौकाको प्रति बोरा १३ हजार मात्र छ । तर, विचौलियाले बजारमा १८ देखि २१ हजारसम्म विक्रि गरिरहेको व्यवसायीको भनाई छ । उधोगीसँग बिना विलको गुट्खा विचौलियाले मनपरी विक्रि गर्दै आएका छन् ।

यस्तै, आइबारबाट भोलाले आफ्नो उत्पादन बजारमा ल्याएको छ । फ्याक्ट्रीबाट प्रति बोरा २९ हजार ८ सयसम्म खरिद गर्न पाइन्छ । सो मुल्यका आधारमा प्रति प्याकेट २७२ रुपैयाँसम्म पर्छ । तर, विचौलियाले बजारमा प्रति प्याकेट ४ सयसम्म विक्रि गर्ने गरेको इजलासलाई सूचना प्राप्त भएको छ ।

बजारमा चलेको भोला फ्याक्ट्रीको मुल्यका आधारमा प्रति पिस ४ रुपैयाँ २९ पैसा पर्छ भने मौका प्रति पिस ३ रुपैयाँ ७१ पैसा पर्छ । तर, अधिकांश व्यापारीले २५ रुपैयाँको ३ पिस दिने गरेको उपभोक्ताको भनाई छ । यसरी गुट्खामा ब्रम्हलुट हुनुको कारण विचौलिया नै भएको व्यवसायीको भनाई छ खुद्रा व्यवसायीले डिलरबाट समेत खरिद गर्न पाइरहेका छैनन् । गुट्खा उत्पादन गर्ने झापाको एक उधोगीले विचौलियालाई माल नदिदाँ व्यवस्थापक माथि कुटपित नै भएकोसम्म सूचना बाहिर सार्वजनिक भयो ।

यता, मेघश्री अन्य गुट्खा जस्तो विक्रि पनि नहुने भएकाले यसको मुल्यमा सामान्य फरक भएको पाइएको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार  २ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]