झापाका १४८ जनामा कोरोना पुष्टि
४१ जना घर फर्किए –
बिर्तामोड । आज थप भएका १० जनासहित झापामा कोरोना संक्रमितको संख्या १ सय ४८ पुगेको छ । त्यसमध्ये ४१ जना उपचार पछि घर फर्किएका छन् । कचनकवलका ३८ जना , बाह्रदशीका २ र दमकका १ जना व्यक्ति उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
आज झापाको मेचीनगरमा १ जना, गौरीगञ्ज ७ र हल्दिवारीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापासहित देशभर थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसरी संक्रमित हुनेको संख्या झापाको कचनकवलमा धेरै छ । फोकल पर्सन चौलागाईका अनुसार आजसम्म कचनकवलमा संक्रमितको संख्या ११२ , दमक १, बाह्रदशी ४, गौरीगञ्ज १२ , गौरादह ३, कमल १, अर्जुनधारा २, भद्रपुर ४ जना, झापा १, मेचीनगर १, बुद्धशान्ति ५ र हल्दिवारी २ पुगेको छ ।