जेष्ठ ७, २०८१ सोमबार

संवेदनशिल अंगमा हात लगाउँदा वृद्ध पक्राउ

बिर्तामोड । अर्जुनधारा–५ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा ६९ वर्षीय खड्ग बहादुर कट्टेललाई पक्राउ गरेको छ । उनलाई जवरजस्ती करणीमा मुद्धा दर्ताको तयारी भएको बताइएको छ ।


इनरुवा सुनसरीबाट छोरीको घरमा पाहुना आएका कट्टेलले अहिले इप्रका अनारमनीमा म्याद थप गरी थुनामा राखिएको डिएसपी मोहन कुमार थापाले जानकारी दिए । स्थानीय ६ देखि ९ वर्ष उमेरका बालिकालाई चकलेट दिदैँ संवेदनशील अंगमा हात लगाए भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रहरीका अनुसार बृद्ध कट्टेलले संवेदनशिल अंगमा हात लगाउँदा जवरजस्ती करण कै मुद्दा चल्ने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]