बैशाख १४, २०८१ शुक्रबार

सुरुङ्गामा प्रहरीको निःशुल्क कोरोना बीमा

सुरुङ्गा । इलाका प्रहरी कार्यालय सुरुङ्गामा कार्यरक्त २२ जना प्रहरीको स्थानीय दुई युवाले निशुल्क कोरोना बीमा गरिदिएका छन् ।

कनकाई नगरपालिका –४ का झलकरमण भट्टराई र ३ का सुरज रिजालले प्रहरीको बिमा गरिदिएका हुन् । उक्त विमाको पोलिसी विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक पदमसुन्दर लिम्बुलाई हस्तानतरण गरे ।

कोरोना विमाबाट प्रहरीलाई आफ्नो कर्मक्षेत्रमा खटिनका लागि उच्च मनोवल प्राप्त भएको प्रहरी नायव निरिक्षक लिम्बुले बताए । हामी जहिलेपनि उच्च जोखिममा थियौ तर कोरोना बिमाबाट आफ्नो कार्यक्षेत्रमा काम गर्दा उच्च मनोवल प्राप्त भएको छ , सहयोगी हातहरुलाई धन्यावाद छ – प्रहरी प्रमुख लिम्बुले बिमा पोलिसी लिदै भने ।

यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रहरीको बिमा गरिदिने युवाको उमेर अनुसार ठुलो पुण्य काम गरेको भन्दै समाजसेवा गर्न उमेर र आर्थिक अवस्था बाधक नहुने भन्दै युवाद्वयको सहयोगी मनले अरुलाई समेत सतमार्गमा हिड्न प्रेरणा दिएको बताए । मानव धर्मको उत्कृष्ट कार्य गरिएको भन्दै नगरपालिकाको तर्फबाट धन्यावाद प्रदान गरिएको छ ।

युवाद्धयले कोरोना महामारीमा आफुले थोरै भएपनि अहोरात्र खट्ने प्रहरी र पत्रकारलाई सहयोग गरेको बताएका छन् । यसअघि युवाद्धयले कनकाई नगरपालिका र झापा गाउँपालिकाका १७ जना पत्रकारलाई समेत स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]