असार २, २०८२ सोमबार

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

मोरङ – प्रदेश १ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संशोधनसहित बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम बुधबार पारित भएको हो ।

संशोधनमा माननीय प्रदेशसभा सदस्यहरूको साट्टामा माननीय सभामुख राखिएको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्की र प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले संयुक्त रूपमा प्रदेशसभा सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावहरूमध्येको नीति तथा कार्यक्रममा उल्लेख गरिएको माननीय सदस्यहरूको ठाउँमा माननीय सभामुख राख्न संशोधन गरिने मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा स्वीकारेका थिए ।

संशोधन प्रस्तावमा कृषि क्षेत्रका लागि घोषणा गरिएको ४५ करोडको राहत प्याकेजमा रकम वृद्धि गर्दै साना तथा मझौला उद्योगी व्यवसयाीलाई समेत समेटिनु पर्ने उल्लेख थियो । यस्तै, मंगलबारे अस्पतालको ट्रमा सेन्टरलाई स्थानीय तह र अस्पतालसँगको समन्वयबिना मदन भण्डारीको नाम जोडेर राष्ट्रिय नेताको चरित्रलाई विवादित बनाउन नहुनेलगायतका विषयमा कार्की र थापाले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरूले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकृत भयो ।

प्रतिपक्षी दल समाजवादी पार्टीका जयराम यादवले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए । नीति तथा कार्यक्रम छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममा प्रतिपक्षीलाई सुटुक्क संशोधन प्रस्ताव दर्न गर्न दिएको सभामुखको कार्यप्रति असन्तुष्टि जनाए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममा उल्लेख भएको एउटा बुँदा खारेज गर्नुपर्ने माग गर्दै आलोचना नगरी सुझाव दिएको भन्दै मुख्यमन्त्री राईले सबैको सुझावको कदर गरिने प्रतिबद्धता जनाए । असार १ गते प्रदेश सरकारले प्रदेशसभामा अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]