बैशाख १४, २०८१ शुक्रबार

अर्जुनधारामा ६ घण्टा पसल खोल्ने निर्णय, अनिवार्य मुल्य सूची राख्नुपर्ने

बिर्तामोड । अर्जुनधारा नगरपालिका क्षेत्रभित्र रहेका पसल सञ्चालन गर्न सर्वपक्षीय बैठकले बिहान ६ बजेदेखि १२ सम्मको लागि समय तोकेको छ ।

जिल्ला स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको निर्णयानुसार नेपाल सरकारले तोकेको सुरक्षा सम्बन्धी सावधानीका उपायहरु अपनाएर पसल खोल्ने निर्णय भएको नगरका प्रेस सल्लाहाकार आकाश खतिवडाले जाकनारी दिए ।

नेपाल सरकार तथा प्रदेश सरकारले निषेध गरे बाहेकका अन्य सामग्रीहरुको पसल सञ्चालन गर्न समय तोकिएको छ, खतिवडाले भने – पसल सञ्चालन गर्दा सेनिटाइजर,मास्क लगायतका सुरक्षा सतर्कता सम्बन्धि उपायहरु कडाईका साथ पालना गराउने निर्णय भएको छ । उनका अनुसार सबै पसलमा अनिवार्य रुपमा मूल्यसूची टाँस गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

सर्वपक्षीय बैठकले लकडाउनको समयमा हुन सक्ने कालोबजारी, मूल्य वृद्धि लगायतको नगरपालिकाको अनुगमन समितिले तिव्र रुपमा अनुगमन गर्ने र उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका संस्थाहरुले सबै पसलहरुमा ३ दिन भित्र मूल्य सूची टाँस गर्ने व्यवस्थाका लागि समन्वय गर्ने निर्णय गरेको छ ।

जेष्ठ नागरिक, बालबालिका, दीर्घ रोगी ,गर्भवति सुत्केरी लगायत संवेदनशील स्वास्थ्य अवस्थाका नागरिकहरुलाई अत्यावश्यक बाहेक बाहिर ननिस्किन समेत अपिल गरिएको छ ।
नगरपालिकामा आवश्यक खाद्यान्न तथा अन्य उपभोग्य सामग्रीहरु भारतबाट आयात गरिने भएता पनि यसरी आयातित सामग्रीसँगै कोरोना भाइरसको संक्रमण भित्रिने जोखिम रहने भएकाले स्थानीय व्यापारीहरुले यथासक्य नगरपालिका मै उत्पादित सामग्रीहरुलाई प्रयोग गरी संक्रमणको जोखिमलाई कम गर्न उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स ,सामाजिक संघसंस्था ,सुरक्षाकर्मी, राजनीतिक दलहरुले आ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने तयारी गरिएको छ ।

होल्डिङ सेण्टरबाट पिसिआर नेगेटिभ आएका तथा भविष्यम विदेशबाट आउने नागरिकहरुलाई व्यवस्थापन गर्न प्रत्येक वडामा नगरपालिकाले तोकेको स्थानमा क्वारेन्टिन सेण्टर निर्माण गर्ने र नगरपालिका भित्र रहेका होटल तथा लजहरुमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका सेल्फ क्वारेन्टाइनको व्यवस्थापन गर्न नगरपालिकाले आवश्यक पहल गर्ने नगर प्रमुख हरि रानाले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]