चैत्र १६, २०८० शुक्रबार

कचनकबलका ११६ जना सङ्क्रमितहरुमध्ये ९२ जना निको भएर घर फर्के

बिर्तामोड । कचनकवल गाँउपालिका वडा नं. ६ को नमुना टोलमा अहिले खुशी छाएको छ । रोजगारका लागि भारतको मुम्बईबाट फर्किएका टोलका ८ मध्ये ७ जना कोरोना भाईरसबाट निको भएका छन् ।

जिल्लाको १५ पालिकामध्ये १३ पालिकाहरुमा कोरोना भाईरस १ सय ५६ जनामा देखिएको छ । जसमध्ये ९६ जना निको भई होम क्वारेन्टाईनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनु भयो ।

कचनकवल गाँउपालिकामा मात्रै एक सय १६ जना कोरोना भाईरस संक्रमित भएको र ९२ जना निको भएका छन् । पालिकामा रहेको पाँच वटा क्वारेन्टाईनमा अहिले पनि २ सय २१ जना रहेका छन् । सिमापारी भारतबाट आउने नेपालीहरुको संख्या भने अझै रोकिएको छैन ।

यति धेरै संक्रमित भएपनि सरकारले गरेको लकडाउन र भाईरस रोकथाम कार्यक्रम प्रभावकारी भएकाले सम्भव भएको पालिका स्वास्थ्य सेवा विभाग प्रमुख जागेस्वर यादबको भनाई छ ।

भारतबाट आएका सवैलाई क्वारेन्टाईनमा राखिएकाले कोरोना भाईरस समाजमा फैलनबाट रोक्न सफल भएको कचनकवल गाँउपापालिका अध्यक्ष अञ्जरा आलम बताउनु हुन्छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]