बैशाख १४, २०८१ शुक्रबार

राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लियाे –प्रचण्ड

काठमाडौँ, जेठ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएकाे नेपाली भूमि फिर्ता ल्याउन गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताउनुभएकाे छ । उहाँले प्रतिनिधिसभाबाट आज हुने निर्णय दोस्रो ऐतिहासिक चुनौती र भौगोलिक अखण्डता सुदृढ गर्ने अभियानकै कडी भएको बताउनुभयो । 

संविधानको दोस्रो संशोधनमाथि दफाबार छलफलका लागि प्रस्तुत गरिएको प्रस्ताबमाथि छलफलको क्रममा पूर्बप्रधानमन्त्री समेत रहनुभएका दाहालले राजतन्त्रले गुमाएको लिम्पियाधुरा, कालापानी र लिपुलेक फित्र्ता ल्याउन लागेको बताउनुभयो ।

उहाँले राष्ट्रिय महत्व र दूरगामी महत्वको विषयमा राष्ट्रिय एकतालाई विकास गरेर आएको बताउनुहुँदै शान्ति प्रक्रिया, संविधान निर्माण , प्राकृतिक विपदको विषय र उत्पन्न समस्यामा पनि राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य गरेर अघि बढेको बताउनुभयो ।

उहाँले ऐतिहासिक अभियानलाई सफल पार्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल एक ढिक्का भएकोमा धन्यवाद प्रकट गर्नुभयो । विषयको गाम्भीर्य हेरेर राष्ट्रिय विषयमा सहमति हुनु सुखद अवसर भएको उहाँले प्रतिक्रिया दिनुभयो । उहाँले सामूहिक विवकेको प्रतिफलको परिणाम रहेकोले नागरिक समाज, राजनीतिक दल र आम जनतालाई धन्यवाद दिनुभयो ।
अध्यक्ष दाहालले मन्तव्य राख्नुअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधानको दोस्रो संशोधन प्रस्ताव दफावार छलफलको लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार  २ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]