बैशाख १३, २०८१ बिहीबार

मेचीनगरमा यौन दुर्व्यहारको घटना मिलाउन दवाव

काँकडभिट्टा – १३ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा मेचीनगरका २ का अन्दाजी ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

छिमेकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका परिवारले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले हिरासतमा रहेका अभियुक्तलाई अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको जनाए । आरोप पुष्टि भए उनलाई बढीमा ३ वर्षसम्म कैद हुन सक्ने कानुनी प्रावधान छ ।

अभियुक्तका परिवारहरुले ‘मिल्नुपर्छ’ भन्दै बालिका र उनका अभिभावकलाई मानसिक दबाब दिइरहेको बताइएको छ । बालिकाका अभिभावकले भने,‘मिल्नुपर्छ भन्ने दलका नेता कार्यकर्ताहरु पनि छन् ।’

बालिकाले प्रहरीलाई दिएको बयान अनुसार जेठ २६ गते साँझ उनी घरबाट पसल जाँदै थिइन् । सोही क्रममा आरोपीले नजिकैको मकैबारीमा लगेर दुर्व्यवहार गर्न खोजेका थिए । सोही क्रममा बालिका चिच्चाएपछि अभिभावकले थाहा पाएका थिए । उनले बयानमा भनेकी छन् , यसअघि पनि पटक पटक यौन प्रस्ताव राख्दै आएका थिए ।’

प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार  १० : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]