बैशाख १३, २०८१ बिहीबार

झापामा तनाव : तस्करले सशस्त्र प्रहरीलाई घिसार्दै भारत छिराए, गाउँलेले गरे उद्धार

प्रदीप परियार

बिर्तामोड । झापा गाउँपालिका १ लसुनाका नेपाली नागरिकले सशस्त्र प्रहरीलाई तस्करको हातबाट बचाएका छन् । सोमबार राती भारतीय तस्करले सशस्त्र प्रहरीलाई घिसार्दै भारत छिराएका थिए ।


लसु्नाबासीका अनुसार नेपालभारत सीमामा गस्ती गरिरहेका दुई जना सशस्त्र प्रहरीमध्ये १ जनालाई ४० जनाको समूहमा आएका भारतीयले घिसार्दै १ सय मिटरभित्र पुर्र्यासकेका थिए । सशस्त्र प्रहरीले बचाऊ बचाऊ भन्दै गुहार मागेपछि स्थानीयबासीले भारतीयको हातबाट बचाएको स्थानीय अगुवाले जानकारी दिए ।

सोहि समयमा हार्डवेयरका सामग्री नेपाल छिराउने योजना सहित भारतीयहरु आएको बुझिएको छ । गस्तिमा बस्ने सशस्त्रले सामान छिराउन नदिए उनीहरु माथि नै हमला गर्ने गरी योजनाको साथ भारतीय तस्कर आएको स्थानीयको भनाई छ ।

केहि व्यक्तिले सामान नेपाल तर्फ छिराउन थालेपछि अन्यले सशस्त्रलाई घिसार्दै भारत छिराएको उद्धारमा सहभागी एक नेपालीले जानकारी दिए । उनी भन्छन्, एकछिन ढिलो भएको थियो भने ठुलो दुर्घटना हुने थियो ।

सशस्त्र प्रहरीका एसपी रेशम थक्सुले सो स्थानबाट ठुलो परिमाणमा मोटरपार्टस र सुर्ति बरामद गरिएको जानकारी दिए । उनका अनुसार तस्करले नेपाली भूभागमा तस्करी गरेर ल्याएका सामान छरेका थिए । खेतबारी र बाटो छेउछाउमा सामान छर्नेहरुलाई सुरक्षाले तस्करी गर्न नदिएको जानकारी दिए । तस्करबाट सामान खोस्दा घम्साघम्सीसम्म भएको उनको भनाई छ ।

टाघनडुब्बा बिओपीका प्रमुख सचिन प्रधानले नियन्त्रणको प्रयासमा तानातान भएको जानकारी दिए । उनले तत्कालै फोन आएपछि आफुहरु पुगेको र ठुलो दुर्घटना हुन नपाएको बताए ।

५० जनाभन्दा बढि नेपाली घटनास्थल पुगेर सशस्त्र प्रहरीको उद्धार गरिएको थियो । जिल्लामै धेरै तस्करी हुने सीमाको रुपमा परिचित लसुना क्षेत्र मा भारतीयको दादागिरी नियन्त्रणमा अझै समस्या भइरहेको देखिएको छ । नेपालीसँगै मिलेर तस्करी गरेपछि सुरक्षा संवेदनशीलता झनै बढेको छ । सो क्षेत्रबाट तस्करीक गर्न विगतमा सुरक्षाबाटै सहयोग मिल्ने गरेको थियो ।

प्रकाशित मिति : असार २, २०७७ मंगलबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]