चैत्र १६, २०८० शुक्रबार

उपचाररत विरामीमा कोभिड – १९ पुष्टि भएपछि मेची प्रादेशिक अस्पतालको आईसियु कक्ष शील

बिर्तामोड । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आईसियु कक्ष शील गरिएको छ ।

उपचरमा संलग्न २० जनाभन्दा बढि स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्ने पठाइएको छ । मेची क्याम्पसलको क्वारेन्टाइनमा बस्दै आएका पुरुषमा स्वास्थ्य समस्या देखिएपछि शनिवार भर्ना गरिएको थियो ।

अस्पतालका २ जना फिजिशियन, ३ जना मेडिकल अधिकृत, आइसियुका ८ जना नर्स, ईमरजेन्सी, ल्याबका कर्मचारी, एक्स रेका कर्मचारीसहित २५ जना भन्दा बढी क्वारेन्टिनमा बस्नु पर्ने अवस्था आएको मेकिल सुपरिटेण्डेट डा पिताम्बर ठाकुरले बताए ।

अस्पतालले तयार गरेको क्वारेन्टिन र स्वास्थ्यकर्मीको क्वारटलाई क्वारेन्टिनको रुपमा प्रयोग गरिने डा. ठाकुरले जानकारी दिए । भद्रपुर ८ का पुरुष भारतबाट जेठ २९ गते फर्किएका थिए । छातिमा समस्या भएपछि उनलाई ईमरजेन्सीबाट आईसियुमा राखिएको थियो । संक्रमण पुष्टि भएपछि उपचारका लागि धरान लगिएको छ ।

प्रकाशित मिति : असार २, २०७७ मंगलबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]