बैशाख १३, २०८१ बिहीबार

पश्चिम बंगालद्वारा नेपाली सवारी प्रवेशमा रोक

झापा – भारतले नाका बन्द गर्ने हल्लाका बीच भारतको पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएको छ ।

सवारी प्रवेशमा रोक लगाएपछि निर्यात हुने कृषिजन्य वस्तु पूर्वी नाका काँकडभिट्टामा नै रोकिएको छ ।

नेपाल–भारतमा लकडाउन खुकुलो हुँदै गएपनि कृषिजन्य उत्पादन लामो समयदेखि निर्यात हुन नसक्दा कृषक तथा व्यवसायी मर्कामा परेका हुन् ।

पूर्वी नाका काँकडभिट्टाबाट ठूलो परिमाणमा निर्यात हुँदै आएको चिया, अदुवा, अलैँची लगायतका सामानको निकासी लकडाउनका कारण लामो समयदेखि ठप्प छ ।

कोरोना भाइरस नियन्त्रणका लागि नेपाल र भारततर्फ लकडाउन भएका कारण झापा, इलाम, पाँचथर, ताप्लेजुङ्गका कृषकका उत्पादन व्यवसायीले पूर्वको काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट निर्यात गर्न पाएका छैनन् ।

लकडाउन खुकुलो भएपनि कृषिजन्य उत्पादन पूर्वी नाका काँकडभिट्टाबाट निकासी हुन सकेको छैन ।

प्रकाशित मिति : असार ३, २०७७ बुधबार  ४ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]