बैशाख १४, २०८१ शुक्रबार

दलित समुदायको उत्थानमा काम गर्न संघीयतापछि पनि उस्तै समस्या : दलित जनप्रतिनिधि

स्थानीय तह दलित जनप्रतिनिधि मञ्च गठन

बिर्तामोड । स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिलाई समुदायको उत्थानमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । संविधानले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व रहे पनि समुदायको उत्थानमा अझै काम हुन नसेकोे भनाई छ ।

उत्पीडित अधिकार मञ्च झापाले स्थानीय तहका दलित कार्यपालिका सदस्यसँग आयोजना गरेको योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले काम गर्न सजिलो नभएको धारणा राखेका छन् । दलित जनप्रतिनिधिहरुले विभिन्न अड्को थापेर पालिकाहरुमा दलित लक्षित काम गर्न समस्या भइरहेको गुनासो गरेका छन् । उनीहरुले संविधानले दलित अधिकारको व्यवस्था गरे पनि तल्लो तहमा काम गर्न विगतमा जस्तै अप्ठ्यारो भएको जानकारी गराएका छन् । जिल्लाका विभिन्न पालिकाहरुले दलित समुदायको उत्थानमा पर्याप्त बजेटको व्यवस्था गर्न पनि कञ्जुस्याई गरेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरकी कार्यपालिका सदस्य संगिता शिवाले बिर्तामोडमा दलित समुदायको निम्ति चित्तबुझ्दो बजेट नपाएको गुनासो गरिन् । उनले दलित जनप्रतिनिधिलाई आफ्नो समुदायलाई दिने जवाफ समेत नभएको सुनाएकी छन् । उनले जिल्लाभर एकता भएमा स्थानीय तहहरुमा बजेटको व्यवस्था गर्न सकिने बताइन् ।

अधिकांश सहभागिताले दलित समुदायको समस्या र समुदायको उत्थानका लागि प्रभावकारी कार्यक्रम निर्माण गर्न नसकेको स्वीकार गरेका छन् । उनीहरुले आगामी दिनमा व्यापक छलफल गरेर कार्यक्रम तयार गर्ने बताए ।

कार्यक्रममा सहभागिता सबै कार्यपालिका सदस्यहरुले आआफ्नो पालिकाको समस्या र अहिलेसम्म गरेका कामहरु सार्वजनिक गरेका छन् ।

अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बजेट , नीति तथा कार्यक्रम निर्माण बारे सहजीकरण गरेका थिए । उनले समुदायको समस्या पहिचान गरेर कार्यक्रम निर्माण गर्न सूझाव दिए ।

सोहि कार्यक्रमबाट मेचीनगरका कार्यपालिका सदस्य टिकाराम मंग्रातीको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि मञ्च समेत गठन गरिएको छ । मञ्चको उपाध्यक्षमा हर्कमाया विक, सचिव सागर पोर्तेल, सहसचिवमा योगेश परियार, कोषध्यक्षमा मिना सिन्चेउरी र सदस्यहरुमा निरु परियार, निता घतानी, रोहित तोलाङ्गी, चन्द्रकला विक, देवेन्द्र दर्नाल, रमेश तिखत्री र शर्मिला बिक रहेका छन् ।

सो मञ्चले स्थानीय तहहरुमा दलितमैत्री कार्यक्रम निर्माणसँगै समुदायको उत्थानका लागि काम गर्ने उत्पीडित अधिकार मञ्च नेपालका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तिलक गजमेरले गरेका थिए ।

प्रकाशित मिति : असार ३, २०७७ बुधबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]