भारत–चीन तनावले व्यापार सम्बन्ध जोखिममा
एजेन्सी । गत सोमबार २० जना भारतीय सैनिक जवानहरुको ज्यान जाने गरी लद्दाखमा भएको भीडन्तका दौरानमा आफ्ना कुनै पनि सैनिकहरु चीनको कब्जामा नरहेको भारतीय सेनाले जनाएको छ ।

भारतको एनडीटीभी नेटवर्कले प्रशारण गरेको एक रिपोर्टमा सो कुराको जानकारी दिइएको छ ।
चिनियाँ सैनिकसँगको सो झपडमा परी ७६ जना भारतीय सैनिकहरु घाइते बनेको तथा अहिले उनीहरुको अवस्था सामान्य रहेको एनडीटीभीले जनाएको छ । घाइतेमध्ये ५६ जना आउने हप्तामा आफ्नो काममा फर्कने सक्ने बताइएको छ ।
हिमाली क्षेत्र लद्दाखको सीमामा दुई देशबीच जारी तनावका बीच भएको सो हिंस्रक झडपपछि पैदा भएको तनावको स्थितिलाई मत्थर पार्न दुवै देशका वरिष्ठ सैनिक अधिकृतहरु बीच वार्ताहरु भइरहेका छन् । उक्त हिंस्रक घटनापछि गत बिहीबार दुई देशका सैनिक जनरलहरुबीच तेस्रो चरणको वार्ता भइसकेको छ ।
सन् २०१४ मा सत्तारुढ भएका भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीका विदेश नीतिका लागि सबैभन्दा गम्भीर चुनौती नै चीनसँगको सीमाविवाद बनेर आएको छ ।
चीन र भारतका बीच तनाव चलिरहेको स्थितिबीच गत सोमबार भएको सो हिंस्रक झडपको असर भारत र चीनबीचको व्यापार सम्बन्धमा पनि देखापर्न थालेको छ ।
अहिले भारतले पनि विदेशबाट आयात हुने ३०० वटा सामानहरुमा अतिरिक्त कर लगाउने योजना बनाएको छ । घरेलु उद्यमलाई संरक्षण गर्ने नाममा लगाइन लागिएको यो अतिरिक्त करको मूल निशाना चाहिँ चीनबाट आयातित सामानहरुलाई निरुत्साहित गर्ने रहेको स्वतः देखिन्छ । यो नयाँ कर क्रमशः आगामी तीन महिनामा लागू गरिने बुझिएको छ ।
अर्कोतिर भारतमा चिनियाँ सामान बहिष्कार गर्ने अभियान चलेको छ । त्यसबारेमा टिप्पणी गर्दै चीनको सरकारी मुखपत्र मानिने ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा ‘भारतीय राष्ट्रवादले व्यापार सम्बन्धलाई नोक्सान पुर्याउने’ उल्लेख गरिएको छ ।
हेक्कायोग्य कुरा के छ भने भारत सरकारले आफ्ना दुई सरकारी दुरसञ्चार कम्पनी भारत सञ्चार निगम ९बीएसएनएल० र महानगर टेलिफोन निगम ९एमटीएनएल० लाई दुरसञ्चार प्रणालीलाई फोरजीमा परिणत गर्ने क्रममा चिनियाँ उपकरणहरु प्रयोग नगर्न निर्देशन दिइसकेको छ ।
ती कम्पनीहरुले आफ्नो प्रणालीलाई विस्तार गर्ने क्रममा चिनियाँ कम्पनीहरु हुवावे र जेडटीइका उपकरणहरु प्रयोग गर्नेवाला थिए ।
‘भारतमा उम्लँदो राष्ट्रवादको भावना अनियन्त्रित रुपमा जारी रह्यो भने, यसले गहिरो गरी गम्भीर परिणतिहरु ल्याउने छन्, जसले अरु दक्षिण एशियाली बजारहरुले त्यसलाई सजिलोसँग विस्थापित गर्ने गरी बाहिरी संसारसँगको व्यापार सम्बन्धलाई कमजोर बनाउनेछ,’ सम्पादकीयमा भनिएको छ । अहिले भारतमा चलेको चिनियाँ सामान बहिष्कार गर्ने अभियानलाई ख्याल गर्दै चिनियाँ कम्पनी ओप्पोले आफ्नो फाइभजी मोबाइल फोनको प्रत्यक्ष प्रक्षेपण गर्ने कार्यक्रमलाई रद्द गरेको छ ।
२० जना भारतीय सैनिकहरुको मृत्यु भएको घटनाले भारतीय राजनीतिमा आरोप प्रत्यारोपको बाढी आएको छ । भारतका प्रतिपक्षी पार्टीका नेता राहुल गान्धीले एक ट्वीट गर्दै ‘चीनले निहत्था सैनिकहरुको हत्या गर्ने साहस कसरी गर्यो रु किन हाम्रा सैनिकहरुलाई शहीद बनाउन बिनाहतियार पठाइएको थियो रु’ भनी प्रश्न गरेका छन् । त्यसको जवाफमा ‘एक्सटर्नल एफियर्स’ मन्त्री सुब्रहमन्यम जयशंकरले ‘सीमामा तैनाथ सबै सैनिकहरुले हतियार बोक्ने गरेको’ जनाएका छन् ।
‘तथ्यलाई सोझै बुझौं । सीमामा तैनाथ सबै सैनिकहरुले हतियार बोकेका हुन्छन्, विशेषतः जब तिनीहरु पोष्ट छोडेर हिँडेका हुन्छन् । १५ जुनमा गाल्वानमा पनि तिनीहरुले त्यही गरेका थिए । लामो समयदेखि चल्दै आएको अभ्यास ९सन् १९९६ र २०० का सम्झौताअनुसार० झडपका बेला हतियार प्रयाग गर्न मिल्दैन,’ जयशंकरले गान्धीको ट्वीटको जवाफमा ट्वीट गरेका छन् ।
समाचार स्रोत : अलजिजरा