बैशाख ७, २०८१ शुक्रबार

कनकाईमा योग सप्ताह समापन

सिएम शर्मा

कनकाई । पतञ्जलि योग साधना केन्द्र कनकाईले जेठ १ गतेबाट सुरु गरेको योग सप्ताहलाई शनिबार छैटौ अन्तरास्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा औपचारिक कार्यक्रम विच समापन गरेको छ ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पतञ्जलि योग साधना केन्द्र नगर समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टीका प्रसाद जम्मरकट्टेलले स्वास्थ , निरोगी र मनलाई सकारात्मक सोचमा लान योगको महत्वपूर्ण भुमिका रहने बताएका छन् । योगासनले शरिरलाई स्वास्थ बनाउने र योगले मनलाई शान्ति बनाउने साथै शरिरलाई र चित्तलाई जोढ्ने भएकाले स्वास्थ्य समाजका लागि योगको भुमिका अपरिहार्य रहेको पनि अध्यक्ष कट्टेलले जानकारी गराएका छन् ।

कनकाई नगरले १ सय ५० भन्दा माथि टोल विकास समिति गठन गरिसकेको र योगलाई टोलटोल सम्म पुर्याउन नगरले सक्ने सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् । योगसँगै खानपान , जडिबुटी , सामाजिक दायित्व पनि जोडिएको कुरा उजागर गर्दै नगरको आउदो पाठ्यक्रममा पर्याप्त योग अभ्यास समेट्ने योजना रहेको पनि नगर प्रमुख पोखरेलले जानकारी गराएका छन् ।

जीवन बिज्ञान केन्द्र सुरुङ्गाका प्रशिक्षक खेम उप्रेतीले योगभ्यासमा सहजिकरण गरेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै पतञ्जलि योग साधना केन्द्र जिल्ला समितिका सहमहामन्त्री रुद्र ओलीले पत्थर चट्टा , कुरकुरे , बिष्नि झार , पुनर्नभा , भुमिराज , तिलफुले झार , घोडताप्रे , चरिअमिलो , मरहठ्ठी , बोजो , तुलसि , धनिया , पुदिना जस्ता जडिबुटीको प्रतक्ष रुपमै परिचय गराई यिनिहरुको औषधिय गुणको जानकारी गराएका थिए ।

पतञ्जलि योग साधना केन्द्र कनकाइका महामन्त्री तथा कार्यक्रमका सन्चालक राम निरौलाले कनकाईमा पतजञ्लि योग साधना केन्द्रले नगरभरी सात वटा शाखाहरु समेत गठन गरि सकेको र पतञ्जलि योग साधना केन्द्र सातौ केन्द्रको रुपमा सुचारु भएको बताएका छन् ।

प्रकाशित मिति : असार ६, २०७७ शनिबार  ५ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]