बैशाख १३, २०८१ बिहीबार

कनकाईकी संक्रमित महिलाले बच्चालाई चुम्मा गरेर पैसा समेत दिएकी थिइन्

बिर्तामोड । कनकाई नगरपालिकाले समुदायमा कोरोना फैलिएको अनुमान गरेर पाँच दिनका लागि बन्द गरेको छ । आइतवार कोरोना संक्रमण पुष्टि भएको महिलाका कारण समुदायमा संक्रमण फैलिएको हुन सक्ने भन्दै नगरले स्वास्थ्य बाहेकका सबै क्षेत्र आजदेखि आउँदो शनिवार रातको १२ बजेसम्मलाई बन्दको घोषणा गरेको छ ।

आइतवार संक्रमित पुष्टि भएकी महिला कुवेतबाट फर्किएकी हुन् । उनी कनकाईको दुर्गापुरस्थित दलित भवनको क्वारेन्टाइनमा बसेकी थिइन् । उनको घर र क्वारेन्टाइन नजिक भएकाले परिवारसँग उनको भेटघाट भएको बुझिएको छ ।

क्वारेन्टाइन व्यवस्थापनका प्रमुख लक्ष्मी अधिकारी दिएको जानकारी अनुसार महिलाको आफ्नो बच्चासँग भेट भएको थियो । बच्चा लिएर उनको आफन्त क्वारेन्टाइनमै पुगेको अधिकारीको भनाई छ । बच्चालाई भेटेर ति महिलाले चुम्मा गरेको, बोकेको र पैसा समेत दिएको अधिकारीले जानकारी दिए । बच्चालाई चुम्मा गरेर पैसा समेत दिएकाले समुदायमा संक्रमण फैलिएको हुन सक्ने नगरको अनुमान छ । संक्रमणको जोखिमलाई ख्याल गरेर कन्टेक्ट ट्रेसिङ गर्नलाई बन्दको आव्हान गरिएको हो । बच्चालाई परिवारका अन्य सदस्यले बोकेको, पैसा खर्च गरेर र गाउँ समेत घुमेको बताइएको छ ।

र, यो पनि : कनकाई पाँच दिनका लागि बन्द, समुदायमा कोरोना फैलिएको संभावना

प्रकाशित मिति : असार ८, २०७७ सोमबार  १२ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]