बैशाख २१, २०८१ शुक्रबार

अध्यक्षको अराजकताले हल्दिवारीमा लफडा : माग पुरा नहुने देखेपछि तोडफोडमा उत्रियो कांग्रेस र राप्रपा

झापा । अल्पमतमा रहेका झापा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले आफै बस्ने कुर्सी तोडफोड गरेर नेतृत्व गुण प्रदर्शन गरेका छन् । गाउँपालिकाका मुख्य अभिभावक भएर अन्य सदस्यलाई सहि बाटो डोहो¥याउनुको सट्टा आफै तोडफोनमा उत्रिएर हल्दिवारीकै बद्नाम गराएका छन् ।

सो घटनाले देशभर हल्दिवारीको बद्नाम भएको छ । बुधबारको गाउँसभामा अध्यक्ष लिङ्देनले अराजकशैली प्रस्तुत गरेर नालायकीपन देखाएको सभाका अन्य सदस्यहरुले आरोप लगाएका छन् । आफुले भनेको पुरा नहुने भएपछि अध्यक्ष लिङ्देनले लफडा झिकेर विषयान्तर गर्न खोजेको बताइएको छ ।

उपाध्यक्ष डम्बर बहादुर गिरीको कार्यकक्षमा सभा शुरु हुनासाथ नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताले तोडफोड शुरु गरेका थिए । स्थानीय सरकारमाथि अध्यक्ष निर्वाचित पार्टीले नै तोडफोड गरिनु योजनाबद्ध रहेको बताइएको छ । आपैm तोडफोडमा उत्रिने, अनि आफ्नो गल्ती लुकाउन कुटपिट भएको अरोप लगाउनु त्रुटिपूर्ण भएको सदस्यहरुको भनाई छ । अध्यक्ष लिङ्देनले आफुमाथि हातपात भएको दावी गरेका छन् ।

बाटोको नामकरणले शुरु भएको विवाद गाउँसभामा छरपस्ट भएको छ । जलथल जंगलमा निर्माण गरिएको बाटोको नाम स्व.द्रोणचार्य क्षेत्री नामाकरण गरेपछि दलहरु बिच विवाद शुरु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीले क्षेत्रीको नाम प्रस्ताव गरेको थियो भने कांग्रेस र राप्रपाले स्व.केशव कुमार कन्दङ्वाको नाम राखिनुपर्ने माग गर्दै आएको थियो । अध्यक्ष लिङ्देनले बाटोको नाम द्रोणचार्यको सट्टा केशव कुमार हुनुपर्ने अडानलाई गाउँसभाले पास गर्ने छाँट नदेखेपछि आफै तोडफोडमा उत्रिएको उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए । अध्यक्षले तोडफोडमा उत्रिएर सभा रोक्ने नियत देखेपछि हल्दिवारीबासीको भाग्य र भविष्यमाथि खेलवाड गर्न नदिन सभा सम्पन्न गरेको गिरीले बताए । अध्यक्षले समस्याहरुलाई छलफलबाट समाधान गर्नुको सट्टा आफै तोडफोडमा उत्रिनु भयो, गिरीले भने – उहाँकै योजनामा गाउँपालिकामा समेत तोडफोड भएको छ, यो निन्दीय र भत्र्सनायोग्य छ ।

अध्यक्षले कार्यलय अगाडि राखेको मन्तव्यले भीडलाई थप उत्तेजित बनाएको पाइएको छ । उनले आफ्नो उपस्थिति बिना सभा गरेर देखाउन धम्कीसमेत दिएका छन् । उपाध्यक्ष गिरीले जनताको अभिमतलाई अध्यक्षले अपमान गरेको बताए ।

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]