बैशाख १३, २०८१ बिहीबार

अर्जुनधाराको बजेट ७९ करोड ६३ लाख : भूमि बैंक स्थापना गर्नेदेखि नानीसँग ज्ञानी कार्यक्रम सार्वजिनक

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आ.व. ०७७/७८ का लागि ७९ करोड ६३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । योजना तर्जुमा समिति संयोजक कमला खतिवडा आचार्यले आगामी वर्षको नीति कार्यक्रमसहित बजेट सार्वजनिक गरेकी हुन् ।

सुखी र समृद्ध अर्जुनधारा नगर स्थापनको लागि लक्ष्य हासिल गर्ने गरी नीति कार्यक्रम ल्याएको संयोजक आचार्यले बताइन् । कोभिड –१९ ले प्रभावित क्षेत्रलाई उठाउने गरी कार्यक्रम ल्याएको उनीहरुको भनाई छ ।

नगरको पर्यटकीय स्थल सुखानी सहिद स्मृति पार्कमा आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रचनात्मक कार्यक्रमसहित योजना सार्वजनिक गरिएको छ । मेयर हरिकुमार रानाको अध्यक्षतामा भएको नगरसभामा उपमेयर आचार्यले हालसम्मको प्रगति समेत सार्वजनिक गरेकी थिइन् । उनले समृद्ध अर्जुनधाराको लागि भूमि बैंक स्थापना देखि नानीसँग ज्ञानी कार्यक्रम सार्वजनिक गरिन् । कृषिलाई प्राथमिकतामा राखेर सार्वजनिक गरिएको कार्यक्रममा सहकारी, पर्यटनलाई विशेष रुपमा समेटिएको छ । नगरका नगर औधोगिक ग्राम परियोजना सञ्चालन गर्ने देखि कुखुरामा आत्मनिर्भर हुने कार्यक्रम बनाइएको छ ।

शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर प्राथमिक अस्पतालको रुपमा स्तरोन्नति गर्ने, जनप्रतिनिधिसँग अभिभावक भेटघाट गर्ने, प्राथमिकताका आधारमा नागरिकहरुको बीमा गरिदिने योजनामा समावेस गरिएका छन् ।

भौतिक पूर्वाधारमा विगतका बहुवर्षिय योजनालाई प्राथमिकता प्रदान गरिएको छ भने वन वातावरण र विपद् व्यवस्थापन तथा सुशासन र संस्थागत विकासलाई नीति तथा कार्यक्रममा उच्च प्राथमिकता प्रदान गरिएको छ । नगरसभामा नगरका जनप्रतिनिधि, प्रदेशसभा सदस्य बृख प्रधान, राजनीतिक दलका नेताहरु र सञ्चारकर्मीको सहभागिता रहेको थियो । नगर सभा असार १५ गतेसम्मका लागि स्थगित गरिएको सभाध्यक्ष तथा नगर प्रमुख हरिकुमार रानाले जानकारी गराए ।

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार  १२ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]