बैशाख १७, २०८१ सोमबार

उपाध्यक्षको नेतृत्वमा पारित भएको नीति तथा कार्यक्रम अवैधानिक : लिङ्देन

बिर्तामोड । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सातौं गाउँसभा अवैधानिक रुपमा पारित गरेको बताएका छन् । उनले आज गाउँपालिकाको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्षको अध्यक्षतामा पारित भएको नीति कार्यक्रम नमान्ने बताए ।

बुधबार गाउँपालिकामा भएको घटनाको भर्सना गर्दै लिङ्देनले आफुमाथि आक्रमण र लछारपछार गर्नेलाई कारवाहीको माग गरेका छन् । उनले आफु अस्पताल गएको बेला उपाध्यक्षसहित अन्य सभा सदस्यले नीति कार्यक्रम पारित गरेपनि आफुलाई मान्य नहुने पत्रकार सम्मेलनमा बताएका छन् । अध्यक्ष लिङ्देनले जलथल जंगलमा निर्माण गरिएको बाटोको नाममा विवाद भएको स्वीकार गरेका छन् । उनले बाटोकोे नाम राख्दा स्थानीय जनताको भावना समेट्नु पर्ने माग गर्दै आएका थिए । लिङदेन निर्वाचित पार्टीले नेकपाबाट निर्वाचित जनप्रतिनिधिले राखेको नाम अस्वीकार गर्दै आएको थियो ।

सभामा उठेका विभिन्न विषयमा छलफल गर्न मिति तय गर्ने भन्दा जवरजस्ती पारित गरेको उनको आरोप छ । उनले घटनाको सबै जिम्मेवारी नेकपाले लिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार  २ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]