बैशाख १४, २०८१ शुक्रबार

कार्यविधिको अगाडि अध्यक्षको केहि चल्दैन, गल्ती लुकाउन कुटपिटको आरोप लगाइयो : उपाध्यक्ष गिरी

बिर्तामोड । हल्दिवारीका अध्यक्ष रविन्द्र लिङ्देनले उपाध्यक्ष डम्बर गिरीको नेतृत्वमा पारित भएको नीति तथा कार्यक्रमलाई अवैधानिक भनेका छन् । उनले आज गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अवैधानिक रुपमा पारित भएको जानकारी गराए ।

अध्यक्षसहित लिङ्देनको समूहले बाटोको नामाकरणलाई रोक्न नसक्ने देखेपछि गाउँसभालाई नै तितरवितर बनाए । यतिसम्म कि गाउँसभालाई छोडेर निस्किन लागेका अध्यक्षलाई सभाका अन्य सदस्यले रोक्न खोज्दा कुटपिट भएको आरोप लगाए । कुटपिट गरेको सन्देश दिएर जनमानसलाई आफ्नो पक्षमा तान्न खोजे । अध्यक्ष लिङ्देनको भिडियो हेर्दा उनलाई हलबाट बाहिरिन खोज्दा रोकिएको देख्न पाइन्छ । तर, कुटपिट गरेको देखिदैन ।

जलथल जंगलमा बाटोको नाम राख्दा नेकपाबाट निर्वाचित जनप्रतिनिधिले द्रोणचार्य पर्यटकीय मार्ग प्रस्ताव गरेका थिए । तर, राप्रपाबाट निर्वाचित अध्यक्ष लिङ्देनलाई क्षेत्रीको नामबाट सडकको नामाकरण नगर्न दवाव थियो । कार्यपालिकामा समेत बहुमत रहेको नेकपाले कार्यविधिसम्मत सभाबाट पास गर्ने गरी अगाडि बढाएको थियो । गाउँसभामा पनि बहुमतले बाटोको नाम द्रोणचार्य राख्ने बुझे पछि सभा नै विथोल्न काम भएको सभाका सदस्यहरुले आरोप लगाएका छन् । सभा विथोलेर बाहिरिएका अध्यक्षले आफुलाई कुटपिट भएको सन्देश दिए । जुन सन्देशमा असत्य छ ।
बुधबारको घटनामा बाहिरी हस्तक्षेप भयो । नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताले गाउँपालिकाको कार्यलय नै तोडफोडमा उत्रिएपछि अध्यक्षले साम्य बनाउनुको सट्टा उत्तेजित बनाएको स्पष्ट छ । अध्यक्ष लिङ्देनले बहुमतलाई नमान्ने अभिव्यक्ति दिएका छन् । तर, सभामा बहुमतको कुनै गन्ध पाइदैन ।

अब के हुन्छ ?
गाउँपालिकामा पारित भएको नीति कार्यक्रम अब के हुन्छ भन्ने जनमानसमा कौतुहलता बढेको छ । पत्रकार सम्मेलन गरेर अध्यक्ष लिङ्देनले कार्यक्रम अस्वीकार गर्ने अभिव्यक्ति दिइसके पछि सबैले जिज्ञासा राख्न थालेका छन् । बुधबारको घटना एकातिर भएपनि अब सबैको ध्यान पारित भएको नीति कार्यक्रम तर्फ केन्द्रीत भएको छ । गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले नीति कार्यक्रम बहुमतले नभई विधि प्रक्रियाले पारित गरेको जानकारी दिए । उनले अध्यक्ष लिङ्देनलाई कार्यविधि अध्ययन गर्न सूझाव समेत दिएका छन् । पार्तेलले भने, बहुमतको कुरा उठाएर विधिलाई ओझेलमा पार्ने काम भएको छ, त्यो गलत हो ।

बहुमतको कुरा हल्ला मात्रै
गाउँपालिकाको बुधबारबाट शुरु भएको सभामा बहुमत हावी भएको टिप्पणी अध्यक्ष सहित केहि सदस्यले गर्दै आएका छन् । तर, हिजो कार्यविधि बमोजिम नै विधेयक पारित गरिएको प्रवक्ता पोर्तेलले जानकारी दिए । सभाको पहिलो दिन आ.व. ०७७÷७८ को कर तथा राजश्वको दर र दायरा (आर्थिक विधेयक), बजेट, नीति तथा कार्यक्रम विनियोजन विधेयक पारित गरिएको छ । साथै, सभाले पालिमा तोडफोड गर्नेलाई सार्वजनिक मुद्धा दर्ता गर्ने र द्रोणचार्य पर्यटकीय सडक नामाकरण गर्ने निर्णय भएको प्रवक्ता पोर्तेलले जानकारी दिए । प्रवक्ता पोर्तेलले विधिको शासनलाई मान्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।

कार्यविधिले आधिकारिकता प्रदान गर्ने
गाउँ तथा नगरसभा सञ्चालन सम्बन्धि कार्यविधि – २०७५ बमोजिम उपाध्यक्ष डम्बर गिरीको सभाध्यक्षमा सभा सञ्चालन भएको थियो । सो व्यवस्थाको दफा – १२ को उपदफा– १ मा सभा स्थगन गर्ने बारे स्पष्ट लेखिएको छ । कार्यविधि अनुसार सभाध्यक्षले सभा स्थगन गर्नुको आवश्यकता र औचित्य पुष्टि गरेर स्थगन गर्ने व्यवस्था गरेको छ । तर, हल्दिवारीमा अध्यक्ष लिङ्देनले विना कारण सभा छोडेर हिडेका थिए । उनले आवश्यकता र औचित्य पुष्टि नगरी हिडेपछि दफा – १६ को उपदफा – ५ आकर्षित भयो । सोहि बमोजिम अध्यक्ष हिडेपछि उपाध्यक्ष स्वतःसभाध्यक्ष रहने र गाउँसभा सञ्चालन गर्न पाइने स्पष्ट लेखिएको छ । कार्यविधि बमोजिक गाउँसभा सञ्चालन गरिएको उपाध्यक्ष गिरी बताउछन् ।

भीडले अध्यक्षलाई हिडायो
योजना तर्जुमा समितिका संयोजक गिरीले नीति तथा कार्यक्रम प्रस्तुत गरिसके पछि सभाध्यक्षले सूझावका लागि समय छुट्टाएका थिए । अध्यक्षले समय दिएपछि ८ जना सहभागिले सूझाव राख्न हात उठाए । सूझाव राख्ने क्रम चलिरहेको बेल्ला एक्कासी बाहिरबाट तोडफोड भयो । तोडफोड हुनासाथ अध्यक्षले सभा स्थगन गर्न खोजेका थिए, उपाध्यक्ष गिरीले भने – हामीले सूझाव संकलन गरिसेपछि स्थगनको प्रक्रियामा जाउला भन्दाभन्दै अध्यक्ष तोडफोडमा आफै उत्रिनु भयो । अध्यक्ष जस्तो जिम्मेवार र सम्मानित व्यक्तिले भीडको सेन्टिमेन्टमा काम नगर्नुभन्दा परिस्थिति असामान्य भयो । अध्यक्ष ज्यू हिड्न खोजेपछि हामी नजानु भन्दै रोक्दा कुटपिटको आरोप लागेको गिरीको भनाई छ । उनले कार्यविधि बमोजिम पारित भएका कार्यक्रमलाई बहुमतको संज्ञा दिएर विधिको शासनलाई उल्लंघन गर्न नमिल्ने बताए । गिरीले भने– अध्यक्षले अस्वीरका गर्नुको अर्थ छैन, कार्यविधिले पारित गरेको विधेयक र निर्णय कार्यन्वयन हुन्छ ।

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]