बैशाख १४, २०८१ शुक्रबार

‘मण्डले अध्यक्ष चाहिदैन’ भन्दै हल्दिवारीमा अध्यक्षविरुद्ध नाराबाजी

हल्दिवारी । हल्दिवारी गाउँपालिकामा भएको नियोजित घटनाप्रति विरोध जनाउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विरोध र्याली प्रदर्शन गरेको छ ।

गाउँपालिकामा भेला भएका नेकपासहित हल्दिवारीबासी नागरिकले आज अध्यक्ष रविन्द्र लिङ्देन र कांग्रेस, राप्रपाले गरेको तोडफोडको घटनाको विरोध जनाएका हुन् । उनीहरुले घटनाको दोषीलाई कारवाहीको माग गरेका छन् ।

गाउँपालिकाबाट नारा जुलुससहित भएको र्यालीमा अध्यक्ष विरुद्ध नारावाजी गरिएको थियो । सहभागीहरुले विधिको शासन मान्नुपर्ने, कानुन राज्यको उपहास गर्न नहुने लगायतका नारा लगाएका थिए । र्यालीमा मण्डले अध्यक्ष चाहिदैन, गुण्डागर्दी सहिदैन भन्दै नारा लगाइएको थियो ।

र्यालीपछि मंगलवारे चोकमा गरिएको कोणसभालाई स्थानीय नेकपाका नेताले सम्बोध गरेका थिए । सम्बोधनका क्रममा नेताहरुले गाउँपालिकाकै अध्यक्षबाट यति निच हर्कत हुनुलाई निन्दीय मानेका छन् । उनीहरुलाई जनताको चहानामा षडयन्त्र गरेर विकास विरोधी नहुन सचेत गराएका छन् ।

प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार  १ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]