बैशाख १३, २०८१ बिहीबार

तोडफोड गर्नेहरुबाट हल्दिवारीका जनप्रतिनिधिमाथि धम्की

हल्दिवारी । हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जनप्रतिनिधिमाथि कुनै दुर्घटना भएमा त्यसको जिम्मेवारी माननीय सांसद राजेन्द्र लिङ्देनले लिनुपर्ने बताएका छन् । उनले आज गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधिमाथि जोखिम बढेको बताए ।

गाउँसभामा भएको घटनालाई लिएर तोडफोडमा संलग्नहरुले धम्की दिन शुरु गरेको भन्दै दुर्घटनाको जिम्मेवारी सांसद लिङ्देनले लिनुपर्ने बताएका हुन् । उनले विभिन्न व्यक्तिबाट मोटरसाइलले ठोक्काइदिने, ट्याक्टरले हान्ने जस्ता धम्कीपूर्ण अभिव्यक्ति आएकाले सुरक्षा संवेदनशीलता बढेको बताए ।

पत्रकार सम्मेलनमै उपाध्यक्ष गिरीले भने, म माथि, वडाध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्यहरु, अन्य जनप्रतिनिधि र कुनै नागरिकमाथि कुनै पनि किसिमका घटना भएमा त्यसको जिम्मेवारी सांसद लिङ्देन र गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्दनेले लिनुपर्ने जिकिर गरेका छन् । सांसद् लिङ्देनकै योजनामा पत्रकार सम्मेलन भएको र विभिन्न किसिमका योजना लिङ्देनले पालिका नजिकैका घरमा आएर बनाएको गिरीको दावी छ । गिरीले लिङ्देनसँगै यहाँ हुन सक्ने घटनाको जिम्मेवारी वडा नं. ४ का अध्यक्ष होम चुडालले समेत लिनुपर्ने बताए । उनले समस्या बढाएर नलैजान आग्रह समेत गरेका छन् ।

अन्य जनप्रतिनिधिको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिदैं गिरीले दुई तिहाई पुर्र्याउन हिंसात्मक बाटो नरोज्न आग्रह गरेका छन् । विगतको धङ्धगीलाई भुलेर समृद्धिको यात्रामा आउन उपाध्यक्ष गिरीले सूझाव दिएका छन् ।

प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]