बैशाख ७, २०८१ शुक्रबार

ठेक्कापट्टाको लाइसेन्स नपाएका तुम्बापो गाउँपालिका तोडफोडमा पुगे

बिर्तामोड । हल्दिवारी गाउँपालिकाको कार्यालयमा तोडफोड गर्ने १३ जना विरुद्ध कार्यपालिका सदस्यले सार्वजनिक मुद्धा दर्ता गराएका छन् ।

घटनामा संलग्न भनिएका हल्दिवारीका भिम तुम्बापो, निराजन दाहाल, एकराज रानामगर, कृष्ण प्रसाई, गंगा उप्रेती, तुलसा आचार्य, वम बहादुर कन्दङ्वा, पवन चुडाल, भिमराज फ्याक, पवन चम्लागाई, किरण दंगाल, भुपाल बस्नेत र पारस तिम्सिना विरुद्ध कार्यपालिका सदस्यहरुले मुद्धा दर्ता गराएका छन् । गाउँसभा चलिरहेको बेला हुलहुज्जत गरेर गाउँपालिका पुगेको सो समूहले उपाध्यक्षको कार्यकक्षको सिसा फुटाएका थिए । सार्वजनिक भएको भिडियामा बाहिरबाट तोडफोड गरेको देखिन्छ ।

बिर्तामोडबाट गएर तोडफोड
तोडफोडमा संलग्नहरुमध्येका एक जना भिम तुम्बापो नाम गरेका व्यक्ति बिर्तामोड क्षेत्रमा बसोबास गर्छन् । बिर्तामोडमा बस्ने तुम्वापोको स्थायी घर हल्दिवारी नै हो । उनी बिर्तामोडबाट हल्दिवारी पुगेर गाउँपालिका तोडफोड गरेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

सिसाको ढोका तोडफोड गरेर पनि फेरि तुम्बापोले माथि बिममा झुण्डिएर टिनमा लात्ति हानेको भिडियोमा देखिन्छ । कालो ज्याकेटमा देखिएका तुम्बापोलाई गाउँपालिकाले निर्माण व्यवसायीको लाइसेन्स नदिएको रिस फेरेको धेरैले प्रतिक्रिया दिएका छन् । केहि समयअघि ठेक्काको लाइसेन्स नपाउँदा उनले गाउँपालिकाभित्र विवाद समेत गरेका थिए ।

मापदण्ड नपुग्दा गाउँपालिकाले तुम्बापोलाई ‘घ’ वर्गको लाइसेन्स दिएको छैन । लाइसेन्स नपाएको रिस तुम्बापोले गाउँपालिकाको सिसा फुटाएर फेरेका छन् । विभिन्न समयमा कृटपिट र विवादित घटनामा संलग्न रहँदै आएका तुम्बापोलाई मापदण्ड पुरा गर्न भनिएको थियो ।

‘घ’ वर्गको लाइसेन्सका लागि ७ सात प्रकारका उपकरण र सवारी अनिवार्य हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । उनीहरुले लाइसेन्सका लागि भाडाको सवारी र उपकरण देखाएका थिए । गाउँपालिकाले भाडाका सामग्रीमा लाइसेन्स नदिने अडान लिएपछि कार्यविधि नै संशोधन गर्न दवाव समेत दिइएको थियो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले कार्यविधि परिवर्तन गरेर भएपनि लाइसेन्स दिऊ भन्ने अडानलाई कार्यपालिकाले अस्वीकार गरेपछि आन्तरिक किचलो शुरु भएको थियो ।

असार १० गते सभामा ज्ञापन पत्र बुझाउन आएका भनिएका व्यक्तिबाट तोडफोड भएको थियो । उनले सामाजिक सञ्जालमा जनप्रतिनिधिहरुलाई घरमै ज्ञापन पत्र बुझाउन आउनु नपरोस् भन्दै धम्की समेत दिएका छन् ।

प्रकाशित मिति : असार १३, २०७७ शनिबार  २ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]