बैशाख १३, २०८१ बिहीबार

जननेता क. मदन भण्डारीलाई सम्झदा

बद्री भट्टराई

माता चन्द्रकला तथा पिता देवि प्रसाद भण्डारीका माहिला पुत्र रत्नका रुपमा वि.सं. २००९ साल आषाढ १४ गतेका दिन ताप्लेजुङ्ग जिल्लाको ढुङ्गँे साँघुमा एक मध्यम किसान परिवारमा भएको थियो । बाल्यकालमा मदनले नजिकैको ठोट्ने प्रा.वि.बाट प्राथमिक शिक्षा प्रारम्भ गर्नुभयो । नि.मा. स्तरको अध्ययन बाल सुबोधिनी संस्कृत विद्यालय देउलिंगेमा भएको थियो । माध्यामिक तथा उच्च शिक्षा भारतको वाराणासीमा भएको थियो । वाराणासीमा रहदा मदनको नेपाल लगायत भारतकै पनि उच्च राजनीतिज्ञहरुसंगको सहकार्य र छलफलमा संगसंगै रहनुभयो । संस्कृत तथा नेपाली साहित्यका कैयौ गोष्ठि तथा छलफलमा अब्बल ठहरिएका मदन राजनीतिक रुपमा रातो झण्डा समुहमा आवद्ध हुनुभयो । मदनको राजनीतिक चेत उ वेला नै आइसकेको थियो, जतिवेला वहाँ वाराणासीमा संस्कृत भाषा साहित्यको विद्यार्थी हुनुहुन्थ्यो ।

नेपाल कम्युनिष्ट पार्टीको दोश्रो राष्ट्रिय महाधिवेशनबाट क्षतविक्षत बनेको नेपाली कम्युनिष्ट आन्दोलन अनेकौ भंगालोमा विभाजित भैसकेको थियो । यही सेरोफेरोमा वि.सं. २०२७÷०२८ तिर झापाली युवाहरुले भारतको नक्सालवादी आन्दोलनबाट प्रभावित हुदै नेपाल कम्युनिष्ट पार्टीलाई पुनरजागृत गर्दै एकताबद्ध कम्युनिष्ट पार्टी गठनको संखघोष गरे । त्यति मात्र होइन झापाली क्रान्तिकारीहरुले अन्य स–साना कम्युनिष्ट समूह र मोदनाथ प्रश्रित, मदन भण्डारी आबद्ध रातो झण्डा समूह समेतलाई एकिकृत गर्दै २०३२ जेष्ठ २५– २६ गते नेपाल कम्युनिष्ट पार्टी कोअर्डीनेशन केन्द्र (को.के.) गठन गर्न पहलकदमी गरे । को.के. हुदै २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेलिनवादी (माले) गठन भयो । तत्कालिन मालेले माक्र्सवाद लेलिनवाद र माओ विचारधारालाई आत्मसात गर्दै पार्टी नीतिहरु र सोही अनुरुपका कार्यक्रम तय गर्दै अगाडि बढिरहेको थियो । यसैक्रममा २०४४ सालमा आयोजित पार्टीको चौथो महाघिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा पार्टीको तत्कालिन कार्यक्रम जनताको बहुदलीय जनवादलाई शासन पद्धतिको रुपमा विकास गरियो ।
पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशन सम्म आइपुग्दा जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको न्युनतम कार्यक्रमको रुपमा महाधिवेशन हलमा उपस्थित प्रतिनीधिहरुको दुईतिहाई बढी मतले पारित भयो । चौथो महाधिवेशनबाट शासन पद्धतिको रुपमा पारित जनताको बहुदलीय जनवादको आलोकमा वि.सं. २०४७ सालमा मनमोहन अधिकारीले नेतृत्व गरिरहनु भएको नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी ने.क.पा. मालेसंग एकता भयो । आफ्ना सही विचार, सिद्धान्तका साथै एकिकृत कम्युनिष्ट पार्टीको निर्माणमा दत्तचित्त भई लाग्न प्रेरित गर्ने यहि जनताको बहुदलीय जनवादको मार्गदर्शनमा भएको हो भन्दा अत्युक्ति नहोला । जनताको बहुदलीय जनवाद विश्व कम्युनिष्ट आन्दोलनको नीतिगत पक्षलाई यूटर्न गराउँदै विश्व थर्काउने पुँजिवादी जनवादी कार्यक्रम हो । विश्वका पुँजिवादीहरुको मुटुमा भूकम्प पैदा गराउने माक्र्सवाद लेलिनवादको सृजनात्मक प्रयोगको रुपमा चीरपरिचित क्रान्तिकारी कार्यक्रम हो । जनताको बहुदलीय जनवादको कार्यक्रम लोकप्रिय हुनुमा तपशिल बमोजिमका विशेषताहरु रहेका छन् –

१) संविधानको सर्वोच्चता ।
२) बहुलवादी खुला समाज ।
३) शक्ति पृथकिकरणको सिद्धान्त ।
४) मानवअधिकारको रक्षा ।
५) बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली ।
६) आवधिक निर्वाचन ।
७) बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष ।
८) कानुनी राज्य ।
९) वैदैशिक पुँजी र प्रविधीको उपयोग ।
१०) क्षतिपुर्तिको नीति ।
११) वैदैशिक नीति ।
१२) नेतृत्व र अधिनायकत्व ।
१३) जनवादी व्यवस्थाको सुदृढीकरण ।
१४) जनताको बहुदलीय जनवाद ।

वि.सं.२०५० साल जेष्ठ ०३ गते पार्टी कामको शिलशिलामा पोखराबाट चितवन फर्किने क्रममा दासढुंगामा जननेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको रहस्यमय हत्या गरियो । मुलुकले नेपाली कम्युनिष्ट आन्दोलन मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनका नविन विचारक गुमाउनु पर्यो । फेरी कहिल्यै नफर्किने गरी वहाँहरुको भौतिक शरीर समाप्त भयो । वि. सं. २०५४ सालमा तत्कालिन ने.क.पा. एमालेको छैठौं राष्टिय महाधिवेशन आयोजित भयो । यस महाधिवेशनले सर्वसहमत ढंगबाट जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तको रुपमा पारित गर्याे । तत्कालिन ने.क.पा. माले, ने.क.पा. एमालेले पार्टीको आन्तरिक जीवनमा जनवाद वा लोकतान्त्रिक अभ्यासलाई पद्दतिको रुपमा विकास गरिसकेको थियो साँचो अर्थमा लोकतान्त्रिक अभ्यासमा अभ्यस्त भईसकेको थियो । बाहिरी संसारमा ने.क.पा. एमालेलाई छिमेकी राष्ट्र चीनको उत्तराधिकारीको रुपमा प्रचारित गरिएको भए पनि परम्परावादी कम्युनिष्ट पार्टी भन्दा विलकुल फरक ढंगबाट उदियमान गराउन सवल नेतृत्व जन नेता मदन भण्डारीले गर्नु भएको थियो । जनताको बहुदलीय जनवाद विश्वका सामन्ती तथा पुँजीवादीहरुले प्रयोग गर्दै गरेको कोरा लोकतान्त्रिक अभ्यास भन्दा पनि उन्नत स्तरको जनवाद को अभ्यास प्रयोगबाट सिद्ध गर्न सफल हुन पुग्यो । जसले गर्दा तत्कालिन ने.क.पा. एमाले भित्रका जनताको बहुदलीय जनवाद विरोधी मत मात्र होइन पार्टी बाहिरका वामपन्थी पर्टीहरुमा पनि ज.ब.ज.ले सकरात्मक प्रभाव पार्यो अन्तराष्ट्रिय जगतमा समेत यसले सकरात्मक प्रभाव छेड्यो ।

जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको न्युनतम कार्यक्रमको रुपमा पार्टीले अंगिकार गरेको करिव आठ बर्ष पछि तत्कालिन ने.क.पा. माओवादी पार्टीले आफ्नो दोश्रो राष्ट्रिय सम्मेलन मार्फत् ज.ब.ज.को कार्यक्रम देव्रे घुँडामा राखेर पन्ना पल्टाउँदै पल्टाउँदै दाहिने घुँडामा एक्काइसौं शताब्दिको जनवाद लेखेर पारित गर्यो । वि. सं. २०५२ बाट हतियार बन्द आन्दोलन सुरु गरेको तत्कालिन ने.क.पा माओवादी आफ्नो तात्कालिक कार्यनीतिमा पाँच बर्ष पनि टिक्न सकेन । वि.सं.२०५७ सालमा आएर दोश्रो राष्ट्रिय सम्मेलन मार्फत जनताको बहुदलीय जनवादले अंगिकार गरेका मूलभूत विशेषताहरु नै एक्काइसौं शताब्दिको जनवादमा उल्लेख हुन पुग्यो । यो घटनाले जनताको बहुदलीय जनवादको उचाइ अझ आकासिन पुग्यो, यो कार्यक्रम नेपाली क्रान्तिको मार्गदर्शन गर्न सक्ने माक्र्सवाद लेलिनवाद सम्मत क्रान्तिकारी कार्यक्रमको रुपमा ठिंग उभिन सक्ने सिद्धान्त सावित हुन गयो । जनताको बहुदलीय जनवादको आलोकमा, नेपालमा ठुला ठूला शान्तिपूर्ण जनआन्दोलन सम्पन्न भई नेपालि जनताको माझ संविधान जारि भयो । त्यही संविधान अन्तरगत आज नेपालीहरु समाजवाद उन्मूख राज्य व्यवस्थाको नयाँ युगमा आइपुगेका छन् । ठूला दुई कम्युनिष्ट पार्टीहरु एकता भइसक्दा ने.क.पा एक्लैको दुईतिहाई नजिकको सरकार संचालन भईरहेको छ ।

जननेता मदन भण्डारीको अवशान पछि तत्कालिन ने.क.पा एमालेको पाचौं राष्ट्रिय महाधिवेशनको हलमा जनताको बहुदलीय जनवादको कार्यक्रम प्रस्तुत गर्नु पूर्व पार्टीको केन्द्रिय कमिटीमा छलफल हुने क्रममा कार्यक्रमको पक्ष वा विपक्षमा हासको न बकुल्लाको चाल देखाउने देखि लिएर ज.ब.ज. लाई दक्ष प्रजापतिको टाउकोको रुपमा चित्रित गर्नेहरु सम्म तत्कालिन ने.क.पा. एमाले पार्टीको नेतृत्वदायी अंगमा लामो समय सम्म आसिन बन्न पुगे । वर्तमान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम अल्पमतमा परिरहे । जनताको बहुदलीय जनवादको मूल मर्म मूलतः यिनै दुई नेताहरुले आत्मसात गरेका थिए, पूर्व ने.क.पा. एमाले भित्र । महाकाली सन्धीलाई मूल कारक बनाउँदै बामदेवले पार्टी नै फुटाए र पछि पार्टी भित्रका ज.ब.ज.का विपक्षका नेताहरुसंग मीत लगाउँदै पार्टी भित्र हिजोको हैसियत गुमाउँदै फिर्ता भए । जसको आज सम्म पनि स्थायी रुपमा ज.ब.ज. पक्षधर संगको सम्बन्ध चीसो नाइदिईराखिएको छ । विचको अवधीमा केपी शर्मा ओलीलाई अनैकौं ढंगबाट पार्टीको मूल नेतृत्वमा जान छेकियो । छेक्दा छैक्दै क्रान्तिकारी एवम् इमान्दार कार्यकर्ता र जनताको न्यानो माया एवम् सद्भावका कारण केपी शर्मा ओली ने.क.पा. एमालेको अध्यक्षमा बहुमतले निर्वाचित हुनपुगे । मदन भण्डारी पछि ने.क.पा. एमालेले जनताको बहुदलीय जनवादको मूल मर्म बोक्ने नेतृत्व ढीलो गरि प्राप्त गर्न सफल भयो ।आज ने.क.पा. र नेपाल सरकारको नेतृत्व केपी शर्मा ओलीले सफलता पूर्वक गरिरहेका छन् । यस विचमा राष्ट्र र जनताले ऐतिहासिक उपलब्धी हासिल गरिरहेका छन् ।
जनआन्दोलन पश्चात राजतन्त्रको अन्त्य हुनु, संविधान सभा मार्फत् जनताको आफ्नै संविधान बन्नु, दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकता हुनु, संविधान जारी भएपछिको पहिलो निर्वाचनमा संघ देखि स्थानिय तह सम्म ने.क.पा.को बर्चस्व हुने गरी सफलता हासिल गर्नु, भारतले जवरजस्ती मिचेको नेपाली भूमि फर्ता गर्न एक्सन सहितको प्रतिबद्धता देखिनु, जनता र राष्ट्रको पक्षमा नष्ठिापूर्वक दिनरात नभनिकन लागिरहनु, जनता र राष्ट्रको पक्षमा चरम निरासालाई तोडदै अभूतपूर्व विकास निर्माण र सामाजिक उत्तरदायित्वको भूमिकालाई पूरा गर्दै लैजानु ज.ब.ज. र यसका संवाहक केपीशर्मा ओलीको कुशल नेतृत्वको उपज हो भन्दा अत्युक्ति हुदैन ।

नेपालमा ने.क.पाको यो अपार सफलता स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरुले कसरी पचाउन सक्छन् र ? उनिहरु त सदैव केही न केही निहुँ झिकेर पार्टी र सरकार दुवैलाई असफल बनाउन दिनरात तल्लिन हुन्छन् नै । ने.क.पा. र यसको सरकारको असफलता नै उनिहरुको सफलता हुने भएकाले पार्टी र सरकार असफल बनाउने एक मात्र लक्ष्य प्रतिपक्षले राखेको छ र राख्छ । नेपाली जनताका लागि मात्र होईन विदेशी प्रतिक्रियावादी हरुको समेत आजको नेपालको प्रतिपक्षीले वर्तमान सरकारका विरुद्ध तातोपानी लगाउन नसक्ने ठहर गरे पछि उनिहरु अहिले ने.क.पा. भित्रै मस्तीसंग खेलिरहेका छन्, जुन कुरा ने.क.पा. भित्रकै मूर्धन्य नेताहरुले बुझी बुझीकन पनि बुझ पचाई रहेका छन् । अथवा पुनः ने.क.पा.को यत्तिको बहुमत आउँदैन र यही वेला मौकामा चौका हान्नु पर्छ भनेर प्रतिपक्ष भन्दा पनि सख्त ढंगले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री विरुद्ध ज.ब.ज. विरोधीहरुले मोर्चाबन्दी गरेर घेराबन्दी गरिरहेका छन् । जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको दृढतापूर्वक रक्षा गर्दै राष्ट्र र जनताका निम्ति थप उपलब्धी हासिल गर्न सरकारलाई थप हौसला प्रदान गर्नुको सट्टा प्राप्त उपलब्धी गुमाउने दिशा तर्फ सत्तारुढ पार्टीकै नेताहरु लाग्दै गरेको अनुभव जनताले गरिरहँदा भोलि आफूले नेतृत्व गर्नु पर्ने खण्ड आउँदा कुन अनुहार लिएर आउने होला ।
अन्त्यमा, ज.बज.का प्रणेता जनननेता मदन भण्डारीको ६८ औं जन्म जयन्तिको अवसरमा ने.क.पा. भित्र र बाहिरका ज.ब.ज. विरोधी तत्वहरुलाई आज सम्मका उनिहरुका कूकर्म प्रति आत्म ग्लानी होस भन्न चाहान्छु । ज.ब.ज.लाई आत्मैदेखि स्वीकार गर्दै यसले निदृष्ट गरेका कार्यभारहरु पूरा गर्न, पदलोलुपतालाई आजैका मितिबाट तिलान्जली दिदै राष्ट्र र जनताको पक्षमा ईमान्दार पूर्वक लागिरहने सद्बुद्धी प्राप्त भै जनताले बुझ्ने भाषामा प्रतिबद्धता आउने विश्वास गरौं

ज.ब.ज. विरोधी मोर्चाबन्दी– मूर्दावाद !
जनताको बहुदलीय जनवाद– जिन्दावाद !
जननेता मदन भण्डारीको विचार – अमर रहोस् !

प्रकाशित मिति : असार १४, २०७७ आईतबार  ११ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]