बैशाख १५, २०८१ शनिबार

४ र ५ नं. वडाको बजेट ६ करोड ६७ लाख हो, ४० लाख भन्दै भ्रम छरियो : प्रवक्ता पोर्तेल

हल्दिवारी । हल्दिवारी गाउँपालिकाले वडा नं. ४ र ५ लाई बजेटमा विभेद गरेको भन्दै भ्रम फैलाइएको प्रवक्ता सागर पोर्तेलल ेजानकारी दिएका छन् । उनले सो वडाका लागि छुट्याइएको बजेट कार्यक्रम सार्वजनिक गर्दे भ्रममा नपर्न वडावासीलाई आग्रह समेत गरेका छन् ।

प्रवक्ता पोर्तेलले ४ र ५ नं. वडालाई ४० लाख नभई ६ करोड ६७ लाख बजेट कार्यक्रम पास गरिएको जानकार िदिए । प्रवक्ता एवंम् भौतिक पूर्वाधार विकास समितिका संयोजक पोर्तेलले गाउँसभाको घटना गलत प्रचारका कारण भएको बताए । उनले तथ्यलाई ओझेलमा पारेर गलत प्रचार गरिएको इजलाससित बताए ।

सो वडाका वडावासीलाई केही व्यक्तिहरुले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि वडा न ४ र ५ मा कम बजेट परेको भन्ने गलत भ्रम फैलाएर सभामा आक्रमणको परिस्थिति निर्माण गरेको उनको भनाई छ । उनले बाहिर प्रचार गरिएको जस्तो वडा न. ४ र ५ लाई बजेटमा विभेद नगरिएको बताए ।

आर्थिक वर्ष २०७७/०७८ का लागि वडा नं. ५ मा वडागत आयोजना तर्फ रु ४० लाख, गाउँपालिकाबाट वडा कार्यालय भवन निर्माण रु ५० लाख, धनुषपोखरी पर्यटकीय क्षेत्र रु १० लाख, कन्चन प्रगतिशील सिचाँई भुतेनी खोलामा ड्याम निर्माण रु १० लाख, शान्ति प्राविमा २ कोठे भवन निर्माण रु १० लाख, धनुषपोखरी गाउँपालिका आसपासका सडक ग्राभेल रु ३५ लाख, सोडागन्धी पर्यटकीय क्षेत्र जैविक चिडियाखाना रु २० लाख, सातघरे पश्चिम घाटमा मलामी खाजा घर रु ५ लाख, धनुषपोखरीमा पर्यटकीय गाउँपालिका भवन रु २ करोड, त्यस्तै गरी वडा न ४ मा वडागत आयोजना तर्फ रु ४० लाख व्यवस्था गरेको जानकारी दिए ।

यस्तै, गाउँपालिका तर्फ ४ नं. वडा कार्यालय अगाडि व्यावसायिक टहरा निर्माणका लागि रु २० लाख, मंगलबारे वडावारी पाथिभरा पर्यटकीय क्षेत्रबाट ओलीचोक तर्फ र केदार उप्रेतीको घरदेखि बोडोसा चोक तर्फ सडक कालोपत्रे बहुवर्षे आयोजना रु ८० लाख, पाथिभरा पर्यटकीय क्षेत्रमा धार्मिक पार्क निर्माण रु २० लाख, पाथिभरा खेलमैदान रु १० लाख, किराँतेश्वर गुरुकुल रु २ लाख ५० हजार, अधिकारी चौकमा सार्वजनिक शौचालय रु ५ लाख, जलथल जंगल र आवादी सीमानाको पर्यटकीय सडक ग्राभेल रु १ करोड, जंगल र आवादी सीमानामा सिसि. क्यामेरा जडान रु ५ लाख गरि भौतिक पूर्वाधार तर्फ मात्रै ६ करोड ६७ लाख भन्दा बढी बजेट वडा नं. ४ र ५ मा प्रस्ताव गरिएको प्रवक्ताले सार्वजनिक गरेका छन् ।

आर्थिक विकास अन्तर्गत कृषि, पशुपालन, रोजगारी, सामाजिक विकास अन्तर्गत खानेपानी पाइप विस्तार, निशुल्क धारा जडान, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा सबै वडामा समान रुपमा कार्यक्रम संचालन गर्ने गरि बजेट तर्जुमा गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : असार १४, २०७७ आईतबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]