बैशाख १४, २०८१ शुक्रबार

हल्दिवारीमा अर्को त्रुटि : १० गतेकै मितिमा पाँचौं दिनपछि गाउँसभा स्थगितको सूचना प्रकाशित

बिर्तामोड । हल्दिवारी गाउँपालिकाको सभा सकिएको पाँचौं दिनमा सभा स्थगित भएको सूचना प्रकाशित गरिएको छ ।

गाउँसभामा विवाद भएपछि अध्यक्ष रविन्द्र लिङ्दनेले सभा बहिस्कार गरेका थिए भने उपाध्यक्ष डम्बर गिरीको सभाध्यक्षमा सभा सम्पन्न गरिएको थियो ।

असार १० गतेको सभाप्रति वैधानिकताको प्रश्न उठाउदै आएका अध्यक्ष लिङ्देनले आज (सोमवार ) साँझ १० गतेकै मिति लेखेर सूचना टाँस गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।

विवादपछि उपाध्यक्ष गिरीले गाउँसभा सञ्चालन कार्यविधि बमोजिम सभा सञ्चालन गरेका थिए । अध्यक्ष लिङ्देनद्वारा हस्ताक्षरित सूचनामा गाउँसभा चलिरहेको बेला सभाका सदस्यहरुले पालना गर्नुपर्ने नियम एवम् आचरण पालना नभई अव्यवस्थित र अमर्यादित कार्यहरु भएकाले दफा १२ को बैठक स्थगित गर्ने अधिकार बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको लेखिएको छ । उनले सो सूचना सूचना अधिकृतलाई सभाका सदस्यलाई जानकारी गराइदिन र पालिकाको वेभसाइटमा अपलोड गरिदिन बोदार्थ लेखेका छन् ।

साँझमा सूचना टाँसिएको खवरले वडाध्यक्षसहित कार्यपालिकाका सदस्यहरु अचम्मितमा परेको जानकारी दिएका छन् । सो सूचना हालसम्म गाउँपालिकाको वेभसाइटमा अपलोड समेत गरिएको छैन ।

गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सूचना प्रकाशित भएको बारेमा कुनै जानकारी नभएको बताए । आजसम्म सभा स्थगित बारे सूचना प्रकाशित भएको जानकारी मलाई छैन , प्रवक्ता पोर्तेलले भने । यसअघि सो सूचना सञ्चारमाध्यममा समेत सार्वजनिक गरिएको थिएन ।

प्रकाशित मिति : असार १५, २०७७ सोमबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]