जेष्ठ २, २०८१ बुधबार

ताप्लेजुङमा सेटेलाईट सिस्टमबाट मोवाइल फोन सेवा विस्तार

बिर्तामोड । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –६ को विकट हिमाली क्षेत्रमा मोवाइल फोन सेवा पुगेको छ ।
विकट हिमाली क्षेत्र ग्याब्ला,फले,घुन्सा खम्बाछेन हुँदै कञ्चनजंघा आधार शिविर,पाङपेमा वेस क्याम्पसम्म सेटेलाइट सिस्टमबाट एनटीसीको मोबाइल फोन सेवा पुगेको छ ।


मोबाइल टावर ३ हजार ८ सय २५ मिटरको उचाई रहेको ताक्मालासे डाडाँमा निर्माण भएको छ । यसले यो क्षेत्रका बासिन्दा लगायत देश तथा बिदेशका पर्यटकहरुलाई बिशेष सहयोग पुग्ने नेकपा नेता योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।


उनले विकट क्षेत्रसम्म सेवा पुर्याएको भन्दै नेपाल टेलिकम र खटिएका कर्मचारी धन्यवाद व्यक्त गरेका छन् । सेवा विस्तारको योजना सफल बनाउन नेकपा प्रदेश कमिटीका सदस्य मिङ्मा डण्डु शेर्पाले समन्वय गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]