बैशाख ८, २०८१ शनिबार

नेतृत्वले पार्टीलाई जोगाउने पहल गर्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौं, असार १७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पार्टी संकटमा भएका बेला नेताहरुको एकतावद्धताले मात्र पार्टी सुदृढ हुनसक्ने बताउनुभएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विहान पार्टीका स्थायी कमिटी सदस्य तथा मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर छलफल गर्नुभएपछि मन्त्री भट्टराईको यो सुझाव आएको हो । केही पत्रकार समक्ष बुधबार आफ्नो संक्षिप्त धारणा राख्नुहुँदै मन्त्री भट्टराईले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले सबैभन्दा बढी पहल अध्यक्ष ओलीले लिनुपर्ने र बाँकी जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य वरिष्ठ नेता र अन्य नेताहरुले लिनुपर्ने सुझाव दिनुभयो ।


“अब पार्टी एकताबाट कोही भाग्न सक्दैन, भागेर कँही पुगिदैन दुर्घटना मात्र हुन्छ” भन्नुहुँदै मन्त्री भट्टराईले भन्नुभयो, “नयाँ जगमा पार्टीलाई एकताबद्ध बनाउनुप¥यो, नेताबीच हार्दिकता बढाउनुप¥यो, पार्टी र सरकारबीच समन्वयात्मक भावना जागृत गरी सरकारले पार्टीलाई सहयोग गर्नुप¥यो, पार्टीले सरकारको अपनत्व लिनुप¥यो ।”


नेतालाई मानसम्मान र प्रतिष्ठा दिंदै अब सकुशल पार्टी युवामा हस्तान्तरण गर्नुपर्ने सुझाव पनि मन्त्री भट्टराईले दिनुभयो । सानातिना समस्या समाधान गर्न नसक्ने हो भने गम्भीर प्रश्न उठ्ने भन्दै आफूले बालुवाटारमा प्रधानमन्त्रीलाई त्यही सुझाव दिएको उहाँले प्रष्ट पार्नुभयो ।


पार्टी र नेताबीच घनिष्ट सम्बन्ध नहुँदासम्म यस्ता समस्या आइराख्ने बताउनुहुँदै मन्त्री भट्टराईले भन्नुभयो, “पार्टीमा विश्वास र एकता कायम भयो भने यस्ता झिनामसिना समस्या त्यसै समाप्त भएर जान्छन्, एकता बाहेक अन्त जाने बाटो छैन ।” आउने पुल भत्काइसक्यो, अगाडि जाने बाटो बन्द छ भन्दै उहाँले अगाडि बढ्ने बाटो बनाउँदै जानुको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।
नेताहरुले एकपल्ट आफ्नो इतिहास पढ्नुपर्छ, कुन जगमा कसरी यो अवस्थामा आइपुगियो, त्यसरी गर्दा समस्याको समाधान निस्किन्छ मन्त्री भट्टराईले भन्नुभयो । पार्टी एकता सुदृढभएर अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  ४ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]