जेष्ठ ५, २०८१ शनिबार

झापामा १० हजार ७१० जनाको कोरोना परीक्षण, २७८ जनामा संक्रमण पुष्टि

बिर्तामोड । झापाका १० हजार ७ सय १० जना व्यक्तिको कोरोना परीक्षण गर्दा २७८ जनाका पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार परीक्षण भएकामध्ये महिलाको संख्या २३१० छ ।

शुक्रवारसम्मको रिपोट अनुसार भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई १०, अर्जुनधारा १३, दमक ६, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १२९, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापा गापामा २ जना पुगेको छ ।
झापाका संक्रमितमध्ये १७१ जना उपचारपछि घर फर्किसकेका छन् । कचनकवलका १२९ संक्रमित मध्ये १२६ जना उपचार सकेर फर्किएका छन् ।

जिल्लामा धेरै संक्रमित भएको स्थानीय तहमा पहिलो कचनकवल, दोस्रोमा मेचीनगर र तेस्रोमा गौरग्गञ्ज रहेको छ ।

प्रकाशित मिति : असार २०, २०७७ शनिबार  १२ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]