बैशाख १३, २०८१ बिहीबार

नक्कली नोट प्रकरणमा सुरुङाका ‘भीआइपी’ मौसम श्रेष्ठसहित ३ जना सार्वजनिक, कहाँबाट आयो प्रतिबन्धित नोट ?

बिर्तामोड । प्रतिबन्धित भारतीय रुपैयाँसहित शनिवार पक्राउ परेका कनकाईका ‘भीआइपी’ मौसम श्रेष्ठसहित ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुलाई आज म्याद थप गरी इप्रका अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा श्रेष्ठसहित झापा गाउँपालिका– ५ का २४ वर्षीय एराजुल हक, कनकाई –४ का २८ वर्षीय खुर्सैद आलमलाई सार्वजनिक गरिएको छ । उनीहरुलाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान गर्ने डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

घटना विवरण अनुसार उनीहरुलाई प्रहरीले श्रेष्ठको घरबाट नक्कली भारतीय रुपैयाँ १ लाख ४४ हजार र नेपाली २० हजार ५ सय सहित नियन्त्रणमा लिइएको थियो । डीएसपी रिजालका अनुसार एराजुल हकबाट सो रकम लिई आलमले श्रेष्ठलाई बुझाएको गोप्य सूचनाका आधारमा श्रेष्ठको घरमा प्रहरी पुगेको थियो । उनीहरु बिच भएको कारोवार रकम श्रेष्ठको घरमै राखिएको सूचना पाएपछि प्रहरीले शनिवार दिउँसो साढे २ बजे घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले श्रेष्ठको घरबाट धेरै जसो एउटै नम्बर रहेका २८८ थान भारतीय ५ सय र नेपाली जम्मा २० हजार ५ सय फेला पारेको थियो ।

प्रहरीले नक्कली रुपैयाँ कहाबाट ल्याइएको भन्ने बारे अनुसन्धान शुरु गरेको डीएसपी रिजालले जानकारी दिए । नेपाल–भारत सीमा क्षेत्रमा कारोवारी गर्दै आएका हक र आलमले भारतबाट नक्कली पैसा ल्याएर नेपालमा श्रेष्ठसँग काम गर्दै आएको अनुमान गरिएको छ । श्रेष्ठले सुरुङा क्षेत्रमा मिटर ब्याजमा लगानी गर्ने गरेको समेत बाहिर आएको छ । श्रेष्ठको घरमा दर्जनौ मोटरसाइकल र केहि थान अटो भेटिएपछि रकमको सट्टा सो सवारी साधन असुली गरेको हुन सक्ने प्रहरीको बुझाई छ ।

सुरुङामा लामो समयदेखि सुनचाँदी व्यवसाय गर्दै आएका श्रेष्ठ सो क्षेत्रमा प्रतिष्ठित व्यक्ति हुन् । उनैले नक्कली कारोवोर गरेको भेटेपछि स्थानीय चकित भएका छन् । प्रहरीले उनीसँग कारोवार गर्नेहरुलाई आफ्नो पैसा हेर्न आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : असार २८, २०७७ आईतबार  ५ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]