बैशाख १३, २०८१ बिहीबार

बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा समापन

बिर्तामोड । बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा समापन भएको छ । असार १० गते सुरु भएको पाँचौं नगरसभाले प्रस्ताबित १ अर्ब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरीको बजेट पारित गरेको छ । जस अन्तरगत ३९ करोड ८१ लाख ८६ हजार र पूजीगत खर्च ५८ करोड २३ लाख २ हजार र सामाजिक सुरक्षा बापत १७ करोडको खर्च हुने छ ।

नगर प्रमुख ध्रुबकुमार शिबाकोटीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पबित्रादेबी महतारा प्रसाईले सो बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
असार २८ गते सम्पन्न भएको नगरसभामा प्रस्ताबित बजेट, नीति, कार्यक्रम माथि १० वटै बडाका अध्यक्षहरुले आ आफ्नो बडाको बजेट सिलिंग प्रस्तुत गर्दे आफ्नो बडाको विकासका योजना पेश गरेका थिए । यसैगरी नगरसभामा बिभिन्न समितिका संयोजकहरुले समितिका तर्फबाट सुझाब पेश गरेका थिए ।

बिर्तामोड नगरपालिकाले प्रत्येक बडालाई १ करोडको सिलिंग दिएको थियो । सो सिलिंग अन्तरगत रहेर बडाले बजेट पेश गरेको नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : असार २८, २०७७ आईतबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]