बैशाख १४, २०८१ शुक्रबार

झापाका ७० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए

सन्तोष परियार

बिर्तामोड । झापाका कोरोना संक्रमित २११ जना व्यक्ति उपचारपछि फर्किएका छन् । आइतवारसम्ममा उपचार सकेर १९४ पुरुष र १७ जना महिला फर्किसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लाका कुल संक्रमित ३०१ जनामध्ये २११ जना उपचार गरेर फर्किएका हुन् । यसरी हेर्दा झापाका संक्रमितमध्ये ७० प्रतिशतको उपचार सकिएको छ ।

आइतवारसम्मको विवरण अनुसार झापामा संक्रमितको संख्या भद्रपुरमा ८, मेचीनगर ४७, बिर्तामोड ६, कनकाई ११, अर्जुनधारा १३, दमक ८, गौरादह १९, शिवसताक्षी ४, बुद्धशान्ति १६, हल्दिवारी १२, कचनकवल १३४, कमल १, गौरीगञ्ज १९, बाह्रदशी ९ र झापा गापामा २ जना पुगेको छ ।

सोहि अनुसार उपचार सकेर फर्किनेको संख्या भद्रपुरमा ४, मेचीनगर १२, बिर्तामोड १, कनकाई ५, अर्जुनधारा ४, दमक ५, गौरादह ३, शिवसताक्षी १, बुद्धशान्ति ११, हल्दिवारी ७, कचनकवल १२९, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापा गापामा २ जना छ ।

प्रकाशित मिति : असार २९, २०७७ सोमबार  १२ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]