चैत्र ६, २०८० मंगलबार

झापाका ४ सहित थप १४४ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका ४ जना सहित पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमतिको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । झापामा कुल संक्रमितको संख्या ३०५ पुगेको छ ।

प्रदेश १ को क्वारेन्टाइनमा २ हजार ५ सय ३६ रहेका छन् भने आइसुलेशनमा १८३ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार २९४ छ । कुल संक्रमित संख्याको ६०.७ प्रतिशत व्यक्तिको डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर ६ हजार ६१३ जना आइसुलेशनमा उपचार गरिरहेका छन् ।

प्रकाशित मिति : असार २९, २०७७ सोमबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]