चैत्र १५, २०८० बिहीबार

हल्दिवारीको गाउँसभा विधिसम्मत : नेपाली कांग्रेस

नीति कार्यक्रम कार्यान्वयमा लैजान सार्वजनिक अपील

झापा । असार १० गते सम्पन्न हल्दिबारीको गाउँसभालाई नेपाली कांग्रेसले स्वीकार गरेको छ । साथैं, कांग्रेसले बजेट, नीति तथा कार्यक्रम कार्यन्वयन गर्न अपील समेत गरेको छ । सो पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नीति कार्यक्रम कार्यान्वयनमा लैजाने जनाएको छ ।

गाउँसभामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेर नीति कार्यक्रम कार्यान्वय गर्न सार्वजनिक अपील गरेको हो । अध्यक्ष रविन्द्र लिङ्देनले टेवल ठोकर बाहिरिए पछि उपाध्यक्ष डम्बर गिरीको सभाध्यक्षमा गाउँसभा सम्पन्न गरिएको थियो । स्थानीय तह सञ्चालन सम्बन्धि कार्यविधी अनुरुप उपाध्यक्षको सभाध्यक्षमा सभा गरिएको थियो । सोहि दिन अध्यक्षकै पछि लागेर कांग्रेसबाट निर्वाचित वडाध्यक्ष होम चुडाल समेत बाहिरिएका थिए ।

१९ दिनपछि नेपाली कांग्रेसले घटना बारे अध्ययन गरेर उपाध्यक्ष गिरीको समर्थन गरेको छ । उपाध्यक्षसहितको समूहले गाउँपालिकामा निर्वाह गरेको भूमिका महत्पूर्ण भएको भन्दै कांग्रेसले लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेको जनाएको छ ।

नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी विधि र प्रक्रियाबाट गाउँसभा भएको भन्दै गाउँसभाका निर्णयहरु कार्यान्वयन गराउन सबैलाई अपिल गरेको छ । गाउँ सभापति दिलिप मावोले विज्ञप्ति जारी गरी सबै राजनीतिक दल र सरोकारवालाबीच एकता नभइ विकास संभव नभएको भन्दै त्यसलाई आत्मसात गर्न आग्रह गरेका छन् । कांगे्रसको साथ पाएको राप्रपा यो घटनासँगै एक्लिएको छ ।

प्रकाशित मिति : असार २९, २०७७ सोमबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]